समलिंगी तेश्रोलिंगीका लागि ऐतिहासिक दिन (पन्तको सम्वोधन सहित)

समलिंगी तेश्रोलिंगीका लागि ऐतिहासिक दिन (पन्तको सम्वोधन सहित)

  • मंगलबार, भाद्र १८ २०७०

कठमाण्डौं (पहिचान) भदौ १८ – भदौ १७ गते समलिंगी तेश्रोलिंगीका लागि ऐतिहासिक दिन भयो । राजनीतिक अधिकारका लागि राजनीतिक दलका नेताहरुको ढोका घचघच्याउँदै आएका समलिंगी तेश्रोलिंगीलाई नेकपा एमालेले पार्टी प्रवेशनै गरायो र एमाले नेतृत्वले भन्यो ः समलिंगी तेश्रोलिंगी समूदायका लागि हाम्रो पार्टी अभिभावक बन्छ । हुनत यसअघि नेकपा संयुक्तले नील हिरा समाजमा संस्थापक सुनिलवावु पन्तलाई समानुपातिकबाट संविधान सभाको सदस्य बनाएको थियो । समलिंगी तेश्रोलिंगीको राजनीतिक अधिकारका लागि विघठित संविधान सभामा तेश्रो ठूलो रहेको नेकपा एमालेले बोलिदिने भएको छ ।

एमाले पार्टीमा देशभरका ३ सय ६५ जनाले सदस्यता लिएर प्रवेश गरिरहँदा पूर्व सभासद् पन्तले आफूहरुका लागि आज भदौ १७ गते ऐतिहासिक दिन भएको बताए । तेश्रोलिंगी विष्णु अधिकारी, सुमन तामाङ, शिल्पा चौधरी लगायतले एमालेमा प्रवेश गर्न पाउँदा अभिभावक पाएजस्तो भएको प्रतिकृया दिए । समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता पूर्व सभासद् सुनिलबाबु पन्तको नेतृत्वमा देशभरका ३ सय ६५ जना समलिंगी तेश्रोलिंगी एमाले पार्टीमा प्रवेश गरे । पार्टी प्रवेश गर्दै पन्तले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तिको मुद्दालाई राष्ट्रिय राजनीतिमा पु¥याउन एमालेले अवसर दिएको भन्दै खुशी व्यक्त गरे । ‘अधिकार माग्दै एक्लै हिँड्नु हुँदैन । एमालेसँग विचार मिल्ने हामी आयौं । अरु पनि विचार मिल्नेहरु आउनुहुन्छ । समलिंगी तेश्रोलिंगी प्रतिनिधिले पार्टी प्रवेश कार्यक्रममा भने हामी यति मात्रै छैनौं । हामी देशभर ५ लाख भन्दा धेरै छौं । त्यतिमात्रै होइन हाम्रो परिवार छ, साथीभाइ छन्, ।

समलिंगी तेश्रोलिंगीको यो भनाई सुनिसकेपछि एमाले अध्यक्ष झलनाथ खनालले यौनिक तथा लैगिंक अल्पसंख्यक तेश्रोलिंगी भनेर सम्वबेधन गर्दै भने, ‘अब तपाईंहरुको अभिभावक एमाले पार्टी भयो । तेश्रोलिंगी प्राकृतिक हुन् । रुसमा लेनिनले तेश्रोलिंगीलाई सम्मान गर्नुपर्छ भन्नुभएको थियो । धनी र गरीव हुँदैमा तेश्रोलिंगी हुने होइन’ १० मिनेट भन्दा धेरै समय बोलेका खनालले समलिंगी शव्द भने उच्चारण गरेनन् ।??????????????????????????????? अध्यक्ष खनालले एमालेले यौनिक तथा लैंगिक अल्पसंख्यक विभाग नै गठन गर्ने भन्दै संविधानसभामा तेश्रोलिंगीको प्रतिनिधित्व सुनिश्चित गर्ने बताए । ‘सुनिलबाबु पन्त पूर्व सभासद् नै हुनुहुन्छ । हामीलाई उहाँ जत्तिकै मान्छेको आवश्यक छ । संविधान सभामा उहाँको उपस्थिति आवश्यक छ’ खनालले उत्साहित हुँदै भने ।

समलिंगी तेश्रोलिंगीको संस्था नील हिरा समाजमा फरक फरक विचार भएका व्यक्ति भएको बताउँदै पन्तले पार्टीलाई साधन नभई साध्य बनाउन समुदायका सदस्यलाई आग्रह गरे । ‘पुग्ने गन्तव्य एउटै हो’ पन्तले भने ः‘दललाई साधन होइन साध्यको रुपमा लिनुपर्छ ।’ ‘आआफ्ना विचार अनुसार पार्टीमा जाने हो । समूदायको मुद्दा जसरी होस् उचाईमा पुर्याउनु नै हो’ पन्तले भने , ‘सुन्दर नेपाल निर्माण गर्ने अभियानमा हामी सबै एक हुनैपर्छ ।’

पन्तले एमाले पार्टी प्रवेश कार्यक्रममा गरेको सम्वोधन ः ???????????????????????????????

आजको दिन ऐतिहासिक दिन हो । देश अव संविधान पूरा गर्नका लागि दोश्रो प्रयास गर्दैछ । हामी व्यवस्थापिका संसदको निर्वाचनमा पनि जादैछौ । हामीहरुका लागि निर्वाचन एउटा महत्वपूर्ण मौका हो । अवको केही बर्षका लागि हामीले हाम्रा प्रतिनिधिहरु चुन्छौ र प्रतिनिधिद्धारा नेपाल र नेपालीको भाग्यको दिशा निर्देश गर्दछौ । मतदान गर्न पाउने अधिकार भनेको अत्यन्तै ठूलो अधिकार हो र यो एउटा विर्सनै नहुने जिम्मेवारी पनि हो । मातृभूमि नेपालका लागि हामी सबैको हामी सबै नागरिकको । उज्यालो विहानी सुन्दर तस्विर हाम्रो मनमा छ ।

नेपालको भबिष्य कस्तो हुनुपर्छ भनेर र हाम्रो कर्ममा पनि त्यो देखिनु पर्छ । मंसिर ४ गते निर्वाचनको मिति तोकिएको छ । हाम्रो जिम्मा भनेको हाम्रो अमुल्य मत दिने र गौरबान्वित योगदान दिने नै हो । समाबेशी लोकतान्त्रिक र बिबिध अबसरले भरिपुर्ण भएको नेपाल निर्माणका लागि सविधान निर्माण गरि राजनीतिक स्थायित्व दिएर आर्थिक बिकासको बाटो तिब्र गतिमा समात्नु पर्छ अब हामीले । अब हामी अबिकसित देश अथवा तेश्रो नम्बरको तेश्रो विश्वको देश भनेर मात्रै चिनि राख्नु हुँदैन । त्यस कारण मतदाताले उम्मेदवार छान्दा त्यो उम्मेदवारले स्थानीय आर्थिक मुद्दा कतिको बुझेको छ ? आर्थिक विकासका लागि स्थानीय माटो परिस्थिति सुहाउँदो नीति र कार्यक्रम ल्याएको छ छैन ? हेर्नु आवश्यक छ । कुनै पनि उम्मेदवार र पार्टीका कस्ता योजना छन् ? त्यसको निक्र्यौल गरेर मात्रै त्यो उम्मेदवारलाई मतदान गर्ने निधो गर्नु पर्छ । आफ्नो क्षेत्र, त्यो पनि आफ्नो गाउँको मुल सक्षमताहरु के के हुन् ? उदाहरणका लागि जडिवुटी, पर्यटन, खानी पानी, कृषि, तरकारी खेती, पशुपालन, उत्पादन फुड प्रोसेसिङ के के छ ? उम्मेदवारले लिएर आउनै पर्छ । खाने पानी र सिंचाईको अति आवश्यक पर्छ । त्यो खालको पानीको श्रोत कस्तो छ ? त्यसलाई कसरी जोड्न सकिन्छ ? कसरी परिपुरक बनाउन सकिन्छ ? त्यसबाट उर्जा कसरी निकाल्न सकिन्छ ? भन्ने विषयमा पनि उम्मेदवारले ठोस योजना लिएर आएको हुनु पर्छ । अनि मात्रै त्यस्तो उम्मेदवारलाई हामीले पत्याउन सक्छौ ।

शिक्षाको स्थिति एकदमै खराव छ । त्यसकारण आफ्नो क्षेत्रमा विद्यालयको अनि उच्च शिक्षाको अवसर कस्तो छ ? यसलाई कसरी माथि लिएर जान सकिन्छ भन्ने विषयमा उम्मेदवार र पार्टीले राम्रो नीति र कार्यक्रम लिएर आउनु आवश्यक छ । आ आफ्नो क्षेत्रको गाउँको प्रति व्यक्ती आय कति छ ? कसरी बढाउने श्रम उत्पादन, व्यापार र बजारको समन्वय ? यस्ता योजना मत माग्न आउने उम्मेदवार र पार्टीको हुनुपर्दछ । स्वास्थ्यको स्थिति अत्यन्त गंभिर छ । नेपालमा उपचार नपाएर मर्नेको संख्या (मृत्युदर) कति छ ? यसलाई कसरी घटाउने ? आफ्नो क्षेत्रमा त्यसका लागि अस्पताल चिकित्सकको के कति कमी छ ? कति डाक्टरहरु छन् ? र त्यसका लागि कसरी योजना बनाएर लिएर आउने ताकी स्वास्थ्य अवस्था सुधार होस भन्ने हामीले बुझ्नै पर्छ । रोजगारीको स्थिति कति युवा शक्ती बेरोजगार छन् । आफ्नो क्षेत्रमा रोजगारको सम्भाव्य अवसर कति हुन सक्छ ? राज्यले कति सिर्जना गर्न सक्छ ? सहकारी व्यवस्थाबाट कति हुन सक्छ ? र प्राइभेट क्षेत्रबाट (निजी) हामीले रोजगारीको सुनिश्चितता गर्न सक्छौ । जसले गर्दा हरेक दिन १५ सय देखि २ हजार सम्म अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर जाने युवाहरुको उर्जा शक्ती देशमै रहोस । देशलेनै सिर्जनशिल उत्पादनशिल काममा लगाउन सकोस । उम्मेदवारले यि मोटामोटी कुराहरु हेरेर, यि कामहरु लिएर आउन सक्नु पर्छ । मतदाताहरुले यि कार्यक्रम छन् कि छैनन् भनेर हेर्न सक्नु पर्दछ । कार्यक्रम हेरेर मात्रै आफ्नो अमूल्य मत खसाल्नु पर्छ ।

अवसरले भरिएको शान्ति पूर्ण र लोकतान्त्रिक नेपालको सपना हामीले बोकेका छौ । त्यहाँसम्म पुग्न हामीले गरीवी, भ्रष्टाचार, अशिक्षा, अन्याय, बहिष्करण, हिंसा, अस्वस्थ प्रतियोगिता जस्तो जटिल समूद्र पार गर्नु पर्छ । यो समूद्र पार गर्ने साधन पानी जहाज भनेको राजनीतिक दलहरु हुन् । जसरी एउटा पानी जहाज प्वाल नपरेको, त्यसलाई चाहिने उर्जा प्रशस्त भएको, त्यसमा आउन सक्ने अप्ठ्यारा देख्न सक्ने उपकरण जोडिएको, पुग्ने गन्तव्यको स्पष्ट मार्ग चित्र भएको र राम्रो सँग चलाउन सक्ने क्याप्टेन र कर्मचारी भएको हुनु पर्छ । राजनीतिक दलहरुमा पनि । अस्वस्थ प्रतियोगिता गरियो भने पानी जहाज एक आपसमा ठोकिन सक्छन्, जहाजको क्षमता विकास गर्ने, यात्रु र सामानहरु उचित ढंगले राख्ने र उचित गतिमा अगाडि बढ्नु पर्दछ । नत्र गन्तव्यमा पुग्न सकिदैन । क्याप्टेनले दिशा भुल्नु हुँदैन । नत्र समून्द्रमा जहाज हराउन सक्छ । एउटै जहाज हुन्छ भन्ने छैन तर जति पनि जहाज छन्, उनीहरुको स्वस्थ गति हुनु र सही दिशा हुनु आवश्यक छ । त्यसकारण सबै राजनीतिक दलहरुले स्वस्थ हुनु र सही दिशा पकड्नु अति आवश्यक छ । जसरी पानी जहाजको एका पट्टी मात्रै धेरै यात्रु र सामान हाल्यो भने त्यो पल्टिन सक्छ । त्यस्तो भएको छ आज राजनीतिक दलहरुमा पनि सन्तुलन छैन ।

पुरुषहरुको मात्र भार छ राजनीतिक दलमा । राजनीतिक दलहरुलाई अविलम्व सन्तुलनमा ल्याउनु पर्ने आवश्यकता छ । आज एमाले पार्टीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई स्वागत गरेर उचित जिम्मेवारी र अवसर दिएर यो सन्तुलन मिलाउने कामको शुरुवात गरेको छ । यो निकै राम्रो काम हो । यसको हामी हृदयदेखिनै स्वागत गर्दछौ । एमाले पार्टीलाई बधाई दिन पनि चाहन्छौ । अव हामीले मौका पाइसकेका छौ । हामी तेश्रोलिंगीको हक अधिकारका लागि मात्रै बोलिरहेका छैनौ । यो देशको समग्र आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि हामी थप उर्जावान भएर थप लगनशिल भएर एमालेसँग सँगै लागेर हामी काम गर्नेछौ । एमाले पार्टी एउटा राम्रो पानी जहाज बन्न सक्छ । जसले देशको हाम्रो सपना साकार पार्न जटिल समुन्द्र पार गराउन सक्छ भन्ने हामीहरु माथि पूर्ण विश्वास छ । यो विश्वासलाई साकार पार्नका लागि हामी काँधमा काँध मिलाएर अगाडि बढ्नका लागि तयार छौ ।???????????????????????????????

केही समस्याहरु छन् समलिंगी तेश्रोलिंगीहरुका शिक्षामा असाध्यै पछाडि पारिएको छ । परिवारको सहयोग छैन वहिष्करण गरिएको छ । विद्यालयमा छात्रवृत्तिको व्यवस्था छैन, पढ्न सक्ने वातावरण राम्रो छैन । एमाले पार्टीले र अरु पार्टीले यो विषयलाई जोडदारका साथ उठाउलान भन्ने हाम्रो पूरा विश्वास छ । सर्वोच्च अदालतले पहिचान अनुसारको नागरिकता दिनु भनेर बोलिसक्दा र गृहमन्त्रालयले परिपत्र जारी गरिसक्दा पनि विभिन्न जिल्ला प्रशासन कार्यालय यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई नागरिकता दिन अझै पनि हिच्किचाईरहेका छन् । अनावश्यक कागजातहरु मागेर दुख दिने काम गरिरहेका छन् । त्यसमा एमाले पार्टीेले जोडदारसँग यि कुराहरु उठाइदिओस । र कोही पनि नेपाली समलिंगी तेश्रोलिंगी नागरिक नागरिकता विहिन हुनु नपरोस भन्ने हाम्रो कुरा रहेको छ । रोजगार र अरु अवसरहरुमा पनि एमाले पार्टीले स्पष्ट नीति लिएर आओस सबैका लागि, सबै युवाहरुका लागि र समलिंगी तेश्रोलिंगीहरुका लागि पनि भन्ने हामीले आशा गरेका छौ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायलाई सिङ्गो पार्टी, अन्य पार्टीहरु र अरु जनताको पनि सहयोग प्राप्त हुने विश्वास लिएको छु । यौनिक तथा लैङ्गिक अल्पसख्यकबाट शत प्रतिशत एमाले पार्टीलाई हाम्रो योगदान प्राप्त हुन्छ भन्ने हामी प्रतिवद्धता दिलाउन चाहन्छौ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.