समान अवसर नदिए विद्रोह हुन सक्छ

समान अवसर नदिए विद्रोह हुन सक्छ

  • सोमबार, भाद्र २४ २०७०

कास्की(पहिचान) भदौ २३ -राजनीतिक दलका नेताहरुले संविधानसभा चुनावमा समलिंगी तेश्रोलिंगीलाई मतदान गर्न छुट्टै लाइनको व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नील हिरा समाजको शाखा कार्यालय नौलो विहानी पोखराले गरेको लैगिंक अल्पसंख्यक बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका नेताले छुट्र्ट लाइनको व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

नेकपा एमाले कास्कीका अध्यक्ष मानवहादुर जिसीले समलिंगी तेश्रोलिंगीले नागरिक हो भनेर बाच्न पाउने अवसर सिर्जना गर्न आफ्नो पार्टी र आफू प्रतिवद्ध रहेको बताए । संविधानसभा चुनावमा मत जाहेर गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन जिसीले भने ः नीति निर्माण तहसम्म यो विषयमा ख्याल पुर्याउनु पर्छ । उनले पहिचान अनुसारको नागरिकता दिलाउने काममा फैसला भएपनि कार्यान्वयनमा आउन आलटाल भइरहेको बताए । समलिंगी तेश्रोलिंगीलाई राज्यले नै खुल्ने अवसर नदिएको बताए । राज्यले समलिंगी तेश्रोलिंगीका लागि अवसर सिर्जना गर्नु पर्छ जिसीले भने ः समलिंगी तेश्रोलिंगीलाई समान अवसर नदिए विद्रोह र विग्रह हुन सक्छ ।

नेपाली काँग्रेस कास्कीका सचिव कृष्ण केसीले समलिंगी तेश्रोलिंगीको विषयमा आफ्नो पार्टीले २०६४ सालकै चुनावी घोषणा पत्रमा समावेश गरेको वताए । राज्यमा बस्ने सबै नागरिक समान छन् केसीले भने ः एक मानवले अर्को मानव, घर, परिवार र राज्यबाट समलिंगी तेश्रोलिंगी माथि विभेद हुनु हुँदैन । केसीले पहिचान अनुसारको नागरिकता लिन, मतदान गर्दा छुट्र्ट लाइनको व्यवस्था गर्न आफ्नो दलले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

एकीकृत नेकपा माओवादी कास्कीका धर्म वहादुर तमुले समान अधिकारका लागि आफ्नो पार्टीले जनयुद्ध लडेको बताउँदै जनयुद्धमा समलिंगी तेश्रोलिंगीको पनि सहभागी रहेको बताए । जनयुद्धमा लाग्दा केटा थिए अहिले केटी भएछन् तमुले भने युद्धमा केटी देखेका अहिले केटा भएछन् । उनले समलिंगी तेश्रोलिंगीलाई राज्यले नरहे विद्रोहका लागि पनि पछि पर्न नहुने बताए । उनले आफ्नो दलले पछाडि पारिएका समूदायको अधिकार प्राप्तीका लागि आवाज उठाउने प्रतिवद्धता जनाए । दलित जनजाति पार्टी कास्कीका पूर्ण वहादुर विश्वकर्माले ठूला दलका नेतालाई कुराले मात्रै ठिक्क नपारी काम गर्न आग्रह गरे । समलिंगी तेश्रोलिंगीलाई भोट बैंकको रुपमा नलिइदिन विश्वकर्माले सबैलाई आग्रह पनि गरे ।

नील हिरा समाजका संस्थापक, पूर्व सभासद् एवं समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तले खुलेर आउँदा परिवारलेनै विस्थापित गराउने अवस्था रहेको वताउँदै राज्यका हरेक निकायमा समलिंगी तेश्रोलिंगीलाई अवसर दिनुपर्ने बताए । अहिले सम्म नील हिरा समाजको सम्पर्कमा ५ लाख समलिंगी तेश्रोलिंगी खुलेर आएको बताउँदै पन्तले भने ः परिवारबाटै विस्थापित हुनु परेकाले ठूलो संख्यामा रहेका समलिंगी तेश्रोलिंगी खुल्न सकेको अवस्था छैन । उनले समलिंगी तेश्रोलिंगी मध्ये सयमा ३० जनाले मात्र एसएलसी पास गरेको वताए । समलिंगी तेश्रोलिंगीलाई नागरिकता लिदाँ गृहमन्त्राको परिपत्र बमोजिम वितरण गर्न आग्रह गरे । नील हिरा समाजले ७ सय ५० जनालाई रोजागारीको दिइरहेको जानकारी दिए । समलिंगी तेश्रोलिंगीले राष्ट्रिय जनगणनामा उल्लेख गर्न भनियो, तर अहिले सम्म त्यसको आधिकारिक तथ्याङ सार्वजनिक भएको छैन पन्तले भने ः समलिंगी तेश्रोलिंगीलाई समान अवसर दिनु पर्छ ।  निजी, सरकारी कार्यालय, निगम कतै पनि रोजगारीको अवस्था छैन । ३० प्रतिशतले मात्रै एसएलसी पास गरेका छन् । ठूलो संख्या शिक्षाको अवसरबाट वञ्चित भएका छन् । रोजगारीका अवसरलाई हेर्दा नील हिरा समाजले ७ सय ५० जनालाई मात्रै रोजगारी दिन सकेको छ ।

नैलो विहानी पोखराका विन्दिया गौतमले महिला र पुरुष मात्रैलाई नागरिक दिने तर त्यस्तै काजपत्र लिएर जाने समलिंगी तेश्रोलिंगी अन्य उल्लेख गरेर नागरिकता दिन डाक्टरको प्रमाण पत्र माग्ने गरेको बताइन । रगत जाँचेर महिला, पुरुष, समलिंगी तेश्रोलिंगी छुट्टिने हो र ? गौतमले भनिन् ः सहज रुपमा पहिचान अनुसारको नागरिकता पाउने वातावरण बनाउन राजनीकि दलले पहल गरिदिनै पर्छ । उनले संविधानसभा चुनावमा समलिंगी तेश्रोलिंगलाई उम्मेदवार बनाउन, राज्यका हरेक निकायमा समावेश गराउन आग्रह गरिन । तेश्रोलिंगी रोशनी राईले आफूलाई बाटोमा हिड्दा गिज्याउने गरेको गुनासो सुनाइन् । रोशनीले ठूलो पद नदिए पनि आफूहरुको यौनिक पहिचान अनुसार नागरिकता दिनु पर्ने बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.