तेश्रोलिंगीमाथि आक्रमण

तेश्रोलिंगीमाथि आक्रमण

  • मंगलबार, भाद्र २५ २०७०

सप्तरी(पहिचान) भदौ २५ – सप्तरीको राजविराजमा तेश्रोलिंगी मोतिलाल यादवलाई अपरिचित व्यक्तीले आक्रमण गरेका छन् । राजविराजको त्रिभुवन चोक अगाडि कसैको उक्साहटमा पुगेका अपरिचित व्यक्तीले तेश्रोलिंगी यादवमाथि आक्रमण गरेको नील हिरा समाजले जनाएको छ ।

अपरिचित व्यक्तीको आक्रमणबाट घाइते भएका यादवको सगरमाथा अञ्चल अस्पतालमा वेहोस अवस्थामा उपचार भइरहेको छ । केही आपराधिक मनोवृत्तिका व्यक्तीलाई प्रयोग गर्ने निहित स्वार्थ बोकेका व्यक्तीको आक्रमणबाट तेश्रोलिंगी यादव बेहोस हुनेगरी कुटिएका हुन् । यादवलाई सुुरक्षा दिन पुगेको प्रहरी टोली माथि समेत ति आपराधिक व्यक्तीले हातपात गरेको र ति व्यक्तीलाई प्रहरीले नियण्त्रणमा लिएको नील हिरा समाजको शाखा कार्यालय सहयोगी समाज सप्तरीले जनाएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले आफ्नो आधिकारिक धारणा अहिले सम्म सार्वजनिक गरेको छैन ।

सहयोगी समाजले यादवको उपचारका लागि सबै खर्च व्यहोरेको छ । आर्थिक अवस्था कमजोर भएका यादवलाई तेश्रोलिंगी भएकै कारण आक्रमण भएको समाजको दावी छ । यसअघि नील हिरा समाजको नविकरण रोकिदाँ चितवनमा तेश्रोलिंगी अंजली थापा मगरमाथि काठमाडौंबाट गएका गुण्डाले आक्रमण गरेका थिए । नील हिरा समाजले तेश्रोलिंगी माथी भएको आक्रमणको घोर भत्र्सना गरेको छ । समाजले आक्रमणमा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न पनि माग गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.