यौनिक अल्पसंख्यक्का मुद्धा समेट्ने दलिय प्रतिवद्धता

यौनिक अल्पसंख्यक्का मुद्धा समेट्ने दलिय प्रतिवद्धता

  • बिहिबार, भाद्र २७ २०७०

कञ्चनपुर (पहिचान) भदौ २७ -कञ्चनपुर जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दलहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मुद्धालाई आआफ्नो पार्टीले समेटेर अघीबढ्ने प्रतिवद्धता जनाएका छन् । महन्द्रनगरमा निल हीरा समाज र सहयात्रा नेपालले संयुक्त रुपमा बिहीबमार आयोजना गरेको अन्तरक्रियाका सहभागी विभिन्न दलका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा सहभागी एमाओवादी, नेकपा–माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्तलगायतका दलका प्रतिनिधिहरुले समलिङ्गी तेस्रोलिङ्गीको अधिकारका लालि आफ्नो दलले जिल्लाबाट सक्दो पहल गर्ने बताएका तेस्रोलिङ्गी मानव अधिकारकर्मी भूमिका श्रेष्ठले जानकारी दिइन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक्क समुदायका बारे आंफुहरुलाई धेरै जानकारी नभएको भन्दै समलिङ्गी तेस्रोलिङ्गीहरुले आफ्नो पहिचान खुलाएर अधिकारका लागि लड्नु पर्ने दलका नेताहरुको सुझाव छ । उनीहरुले सबै नागरिक समान रहेको भन्दै अधिकारप्राप्तीको यौनिक तथा लैङ्गिक अल्पसंख्यक्क समुदायको अभियानलाई सहयोग गर्ने बताउदै राजनीतिक रुपमा पनि आआफ्नो दलले समलिङ्गी तेस्रोलिङ्गीका अघि सार्ने बताएका तेस्रोलिङ्गी मानव अधिकारकर्मी श्रेष्ठले बताइन् ।

उक्तकार्यक्रमका सहभागीहरुलाई तेस्रोलिङ्गी मानव अधिकारकर्मी श्रेष्ठ सहित मलिन न्यौपाने, अरुणा सुवेदी, राजु लामालगायतले समलिङ्गी तेस्रोलिङ्गीबारे जानकारी दिदै आफ्नो समुदायको अवस्थाबारे प्रष्ट पारेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.