काँग्रेसले तेश्रोलिंगी श्रेष्ठलाई संविधान सभामा पुर्याएर उचित सम्मान दिनु पर्छ

काँग्रेसले तेश्रोलिंगी श्रेष्ठलाई संविधान सभामा पुर्याएर उचित सम्मान दिनु पर्छ

  • शुक्रबार, असोज ४ २०७०

काठमाडौ (पहिचान) असोज ४ नेपाली काँग्रेस काठमाडौंले तेश्रोलिंगी भूमिका श्रेष्ठलाई संविधान सभा चुनावमा समानुपातिक तर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ । तेश्रोलिंगी श्रेष्ठलाई समानुपातिक तर्फको उम्मेदवार बनाउन काँग्रेस केन्द्रीय समितिमा सिफारिस गरिएको काँग्रेस काठमाण्डौका सभापति भिमसेनदास प्रधानले जानकारी दिए । श्रेष्ठ काठमाडौं क्षेत्र नम्वर ९ बाट काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत हुन् ।
प्रधानले समलिंगी तेश्रोलिंगीको संस्था नील हिरा समाजको दाबीलाई मान्ने हो भने पनि देशको कुल जनसंख्याको झण्डै १० प्रतिसत जनसंख्यालाई छुटाउनु हुदैन भन्ने लागेर तेश्रोलिंगी श्रेष्ठलाई समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेको जानकारी दिए । प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्ने पार्टी कांगे्रसले सबैलाई समेटेर लैजाने प्रधानले बताए ।
समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले तेश्रोलिंगी भूमिका श्रेष्ठलाई समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेकोमा खुशी लागेको वताए । नेपाली काँग्रेसमा भूमिकाको लामो लगानी छ पन्तले भने नाम मात्रै सिफारिस गर्ने होइन काँग्रेसले भूमिकालाई संविधान सभा सम्मनै पुर्याएर उचित सम्मान गर्नुपर्छ । पन्त दक्षिण एसीयाकै पहिलो समलिंगी सभासद् हुन् । विघठिन संविधान सभामा पन्त मौलिक अधिकार निर्देशक सिद्धान्त समितिमा रहेर समलिंगी तेश्रोलिंगीको अधिकार मौलिक हककै रुपमा लेखाउन सफल भएका थिए ।
समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस तेश्रोलिंगी भूमिका श्रेष्ठले कांगे्रसले आफ्नो नाम सिफारिस गरेकोमा आंफुलाई खुसी लागेको भन्दै कांगे्रसलाई सक्दो सहयोग गर्ने बताईन् । काँग्रेसले आफ्नो समुदायको माग र चाहानालाई मध्यनजर गर्दै नाम सिफारिस गरेकोमा आफूलाई खुसी लागेको श्रेष्ठको भनाई छ ।
समलिंगी तेश्रोलिंगी समुदाय भित्र पनि बिभिन्न पार्टीसंग बिचार मिल्ने साथीहरु रहेको श्रेष्ठले बताइन । यसअघि नेपाली काँग्रेस बाजुराले तेश्रोलिंगी पार्वती रेग्मीलाई संविधान सभा चुनावमा समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरिसकेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.