राजनीतिक रुपमा सचेत छन् समलिंगी तेश्रोलिंगी

राजनीतिक रुपमा सचेत छन् समलिंगी तेश्रोलिंगी

  • मंगलबार, असोज ८ २०७०

काठमाडौं (पहिचान) असोज ८ -राजनीतिक रुपमा मेरो आस्था जे होस् । मेरो आस्था र विचार जे होस् त्यो अहिले म बोल्न सक्दिन र मलाई त्यहि विचार र आस्था अंगाल्नु पर्छ भन्न पनि मिल्दैन । मेरो जिल्लामा सबै राजनीतिक दलको सहयोग चाहिन्छ र सहयोग गरिरहेका छन् ।
नेपालगंजकी तेश्रोलिंगी परिना चौधरीको यो भनाईमा दाङकी तेश्रोलिंगी शिल्पा चौधरी सहमत हुँदै आफ्नो जिल्लामा सबै दलले भन्दा नेकपा एमालेले सहयोग गरेकाले उसको पक्ष लिनु परेको बताइन । त्यसो त बर्दियाकी सपना चौधरी र चितवनका देव श्रेष्ठ पनि आफ्नो समूदायका विषयमा जुन पार्टीले सहयोग गर्छ उसैलाई सहयोग गर्नुको विकल्प नभएको बताउँछन् । ???????????????????????????????
यसमा तेश्रोलिंगी मानवअधिकारकर्मी भूमिका श्रेष्ठको पनि आफ्नै धारणा छ ः विघठित संविधान सभामा नेकपा संयुक्तले प्रतिनिधित्व गरायो, नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि बनायो । श्रेष्ठले भनिन ः मौखिक बोली भन्दा हामीलाई कार्यान्वयन गराएर देखाउने दललाई विश्वास गर्नुपर्छ । अहिले भोटका लागि सबैले आउनुहोस भन्छन्, भोट पाइसकेपछि वास्ता नगर्ने पो हुन् कि तपाई हामी सचेत हुनुपर्छ श्रेष्ठले भनिन ः हामी सधै प्रयोग भइरहनु हुँदैन । ???????????????????????????????
हो, नील हिरा समाजका संस्थापक एवं पूर्व सभासद् सुनिलवावु पन्त समलिंगी तेश्रोलिंगी समूदाय राजनीतिक रुपमा यतिसम्म सचेत भएकोमा खुशी छन् । पन्तले अधिकार प्राप्तीको आन्दोलन मात्रै अगाडि बढाएनन् सँगसँगै क्षमता भएका समलिंगी तेश्रोलिंगीलाई नीति निर्माण तहमा प्रतिनिधित्वका लागि पहल समेत गरिरहेका छन् । पन्तको पहलमा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा नेपाल लगायतका दलले समलिंगी तेश्रोलिंगीलाई संविधान सभा चुनावमा उम्मेदवारनै सिफारिस गरिसकेका छन् ।
चुनावमा उम्मेदवार सिफारिस त भए तर प्रतिनिधित्व गरेपछि आफ्नो भूमिका के हुनुपर्छ भनेर पन्तले विभिन्न दलबाट सिफारिसमा परेका र विभिन्न दलमा आस्था र विचार भएका समलिंगी तेश्रोलिंगीलाई तालिम दिइरहेका छन् । तालिम स्थानीय निकायमा नेतृत्व गर्दा देखि संविधान सभामा पुगेपछि निभाउनु पर्ने भूमिकाबारे केन्द्रीत रहेको पन्तले जानकारी दिए । तालिम नील हिरा समाजको आयोजनामा संचालन भएको हो । ???????????????????????????????
(तस्विर ः भक्ती शाह )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading