तपाईले दिएको मत खेर जादैन ः समलिंगी तेश्रोलिंगी

तपाईले दिएको मत खेर जादैन ः समलिंगी तेश्रोलिंगी

  • बुधबार, असोज ९ २०७०

काठमाडौं ( पहिचान ) असोज ९ – मलाई संविधान सभा चुनावमा भोट दिएर जिताउनु भयो भने ग्यास सिलिण्डरको १४ सय ७० रुपैयाँ तिर्नुपर्दैन । म सभासद् भएर संविधान सभामा प्रवेश गरे भने चार चार बर्ष सम्म संविधान नलेखी संविधान सभा विघठन हुन पाउँदैन । म सबै नेपाली नागरिक अधिकार सम्पन्न हुने संविधान लेख्छु ।
तेश्रोलिंगी विनिता सिंहले मतदातालाई यस्तो आवश्वास दिदै गर्दा अर्का तेश्रोलिंगी मनोज शाही मोनिका मूख्य तीन दलका नेतालाई अक्षमको आरोप लगाउँदै अव आफूलाई मतदान गर्न आग्रह गर्दै थिए । नील हिरा समाजले देशभरका समलिंगी तेश्रोलिंगीलाई दिएको राजनीतिक प्रशिक्षणमा विनिता र मनोज मात्रै होइन विभिन्न दलमा आवद्ध सहभागी आ आफ्नो एजेण्डा सार्वजनिक गर्दै थिए । ???????????????????????????????
नेपाली काँग्रेस बाजुराले समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेका अन्तरलिंगी पार्वती रेग्मी लोकतन्त्रमा मात्रै आफ्नो अधिकारको रक्षा हुने भन्दै नागरिकले दिएको मत खेर जान नदिने आश्वासन दिदै थिए । नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा नेपाल लगायतका दलमा आवद्ध भएका समलिंगी तेश्रोलिंगीले आफ्नो पीडा मात्रै होइन सबै नागरिकको समस्या समाधान गर्ने वताइरहेका थिए ।
नेकपा एमालेको विद्याथी संगठन अनेरास्ववियुमा आवद्ध विष्णु अधिकारीले आफूलाई सभासद् बनाए समलिंगी तेश्रोलिंगीको मात्रै सबै नागरिकको जीवनस्तर उकास्ने कार्यक्रममा जोड दिने बताए । समलिंगी तेश्रोलिंगीलाई ठमेलसँग जोडेर हेर्ने गरिएको छ अधिकारीले भने ः क्षमता अभिवृद्धि गरेर सबैलाई स्वरोजगार बनाउने योजना ल्याउछु ।
???????????????????????????????अहिले सम्म सामाजिक आन्दोलन मार्फत अधिकार माग्दै आएका समलिंगी तेश्रोलिंगीले अब अधिकारको मुद्धा राजनीतिक दलले उठाउनु पर्नेमा जोड दिए । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले अधिकार प्राप्तीको मुद्धा सामाजिक मात्रै नभएर राजनीतिक रुपमा नै उठाउनु पर्ने वताइन ।
नील हिरा समाजका संस्थापक एवं पूर्व सभासद् सुनिलवावु पन्तले समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा प्रतिनिधित्व गराएर संविधान लेख्ने अवसर दिन राजनीतिक दलले हिच्किचाहट गर्न नहुने वताए । सबै समलिंगी तेश्रोलिंगी सक्षम छन् पन्तले भने ः अवसरको खाचो राजनीतिक दलले संविधान सभामा प्रतिनिधित्व गराएर पूरा गर्नुपर्छ ।
राजनीतिक प्रशिक्षणमा एमालेबाट शिल्पा चौधरी, मधेश समता पार्टीबाट सन्ध्या लामा लगायतका समलिंगी तेश्रोलिंगीले आ आफ्नो चुनावी एजेण्डा प्रस्तुत गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading