यौनिक पहिचानका आधारमा नागरिकता दिन माग गर्दै सर्वोच्चमा मुद्धा दायर

यौनिक पहिचानका आधारमा नागरिकता दिन माग गर्दै सर्वोच्चमा मुद्धा दायर

  • बुधबार, असोज १६ २०७०

काठमाडौं (पहिचान) असोज १६ – नील हिरा समाजले समलिंगी तेश्रोलिंगीलाई अन्य उल्लेख गरेर पहिचानका आधारमा नागरिकता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृहमन्त्रालय, कानुन मन्त्रालय र ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्धा दायर गरेको अधिवक्ता सुजन पन्तले जानकारी दिए । 
गृहमन्त्रालयले समलिंगी तेश्रोलिंगीलाई लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरेपनि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन नमानेपछि नील हिरा समाजले गृहको परिपत्र जारी गर्ने निर्णय कार्यान्वयनका लागि मुद्धा दायर गरिएको अधिवक्ता पन्तले जानकारी दिए । समाजले निर्णय कार्यान्वयन नगर्नेलाई कारबाही र तत्काल निर्णयको व्यवहारिक कार्यान्वयनका लागि मुद्दा दायर गरेको हो ।
पहिचानका आधारमा नागरिकता लिन जाँदा आफूलाई प्रशासनले नागरिकता नदिएपछि कानुनी बाटो लिनुपरेको तेश्रोलिंगी आनिक रानाले बताइन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रानालाई पहिचान अनुसारको नागरिकता लिने डाक्टरले प्रमाणपत्र लिएर आउनु भनेकाले मुद्धा दायर गर्नु परेको रानाले बताइन । रहरले तेश्रोलिंगी भएको होइन, हामी प्राकृतिक नै हौ रानाले भनिन ः गृह मन्त्रालयले लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरेपनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अन्य उल्लेख गरेर नागरिकता दिन मानेन् । विश्व स्वास्थ्य संगठनले समलिंगी तेश्रोलिंगी हुनु कुनै रोग नभएको घोषणा गरिसकेको छ । ???????????????????????????????
नील हिरा समाजका संस्थापक सुनिलवावु पन्तले २०६४ सालमा दायर गरेको रिटमा सर्वोच्चले समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । सर्वोच्चको फैसला र गृहमन्त्रालयको परिपत्र प्रशासन कार्यालयहरुले कार्यान्वयन नगरेकाले न्यायका लागि सर्वोच्चमा मुद्धा दायर गरेको समाजकी अध्यक्ष पिंकी गुरुङ्गले बताइन ।
नील हिरा समाजका क्षेत्रिय संयोजक भक्ती शाहले सर्वोच्चबाट सकारात्मक फैसला आउने आशा व्यक्त गरे । सर्वोच्चको फैसलापछि सबै समलिंगी तेश्रोलिंगीले राहत महसुस गर्नेछन् शाहले भने ः पहिचान अनुसारको नागरिकता पाउनु हामी सबैको अधिकार हो ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम परमादेश माग गर्दै नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्त, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्ग र रुपन्देही भैरहवाका तेश्रोलिंगी यमबहादुर राना आनिकले सर्वोच्चमा मुद्धा दायर गरेका हुन् ।
यसअघि लिंगको महलमा महिला या पुरुषको नाममा नागरिकता लिएकालाई जिल्ला प्रशासन कार्यालयहरुले अन्य उल्लेख गर्न नमानेकाले समस्या आएको समलिंगी तेश्रोलिंगीले बताउँदै आएका छन् । रिटमा पहिले नै नागरिकता लिएका समलिंगी तेश्रोलिंगीलाई अहिले पहिचान खुलाएर लिंगको महलमा अन्य उल्लेख गरी नागरिकता दिने आदेशको माग नील हिरा समाजले गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading