समानुपातिक तर्फ ३ जना समलिंगी तेश्रोलिंगीको उम्मेदवारी

समानुपातिक तर्फ ३ जना समलिंगी तेश्रोलिंगीको उम्मेदवारी

  • शुक्रबार, कार्तिक ८ २०७०

काठमाडौं (पहिचान) कार्तिक ८ मंसिर ४ गते हुने संविधान सभा चुनावमा समानुपातिक तर्फ तीन जना समलिंगी तेश्रोलिंगीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमुक्ती पार्टीले यम वहादुर राना आनिक, नेपाल सद्भावना गजेन्द्रबादीले रज्जक अली हलुवाई र नेपाल राष्ट्रिय सेवा दलले विनिता सिंहलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको हो । समानुपातिक तर्फको अन्तिम नामावलीमा परेका आनिकले रुपन्देहीमा, हलुवाईले बाँकेमा र सिंहले बझाङमा चुनावी प्रचार थालिसकेका छन् ।

संविधानमा आफ्नो समूदायको अधिकार लेख्नका लागि समलिंगी तेश्रोलिंगीको संविधान सभामा प्रतिनिधित्व हुनु जरुरी भएको समलिंगी तेश्रोलिंगीले बताउँदै आएका छन् । तर एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले भने मंसिर ४ मा हुन लागेको संविधान सभा चुनावमा एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नबनाएकोमा समलिंगी तेश्रोलिंगी दुखी भएका छन् ।

ठूला भनिएका दलले समलिंगी तेश्रोलिंगीलाई संविधान सभा चुनावमा उम्मेदवार नवनाएकोमा नागरिक समाजका प्रतिनिधिले पनि दुख व्यक्त गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेसले एक जना पनि समलिंगी तेश्रोलिंगीलाई संविधान सभा चुनावमा उम्मेदवार नवनाउनु दुखद हो नागरिक समाजका एक प्रतिनिधिले भने ः कम्तीमा एमाले र काँग्रेसले एक एक जनालाई मात्रै भएपनि उम्मेदवार बनाउनु पथ्र्यो ।???????????????????????????????

संविधान सभा चुनावी घोषणा पत्रमा भने नेपाली काँग्रेस र नेकपा एमालेले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई अधिकार सम्पन्न बनाउनु पर्ने उल्लेख गरेका छन् । तर संविधान लेख्ने थलो संविधान सभामा दुवै दलले एक एक जना समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व गराउन भने चुकेका छन् । एकीकृत माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, मधेशी मोर्चा लगायतका दलले मन्त्रीपरिषदबाट मनोनित गर्ने २६ जनामा कम्तीमा एक जना समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व गराएर संविधान सभालाई समावेशी बनाउनु पर्ने नागरिक समाजका प्रतिनिधिहरुको भनाई छ ।rajab aali

संविधान सभाको चुनावको प्रत्यक्ष तर्फ नवलपरासी क्षेत्र नम्वर ६ बाट नेपाल युवा किसान पार्टीबाट गीत सैथवारको उम्मेदवार परिसकेको छ । साना दलले जसरी प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाएर समलिंगी तेश्रोलिंगीको राजनीतिक अधिकारबारे दवाव दिने तत्परता देखाइरहेका छन् त्यसैगरी ठूला दलले पनि संविधान सभामा समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व गराएर राजनीतिक अधिकारबारे एउटै आवाज बनाउनु जरुरी छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.