वागमती सफाईमा समलिंगी तेश्रोलिंगी

वागमती सफाईमा समलिंगी तेश्रोलिंगी

528
SHARES

काठमाडौं (पहिचान) कार्तिक ९ – मलाई एकदमै खुशी लागिरहेको छ । विगतमा फरक यौनिकता भएकै कारण कति धेरै विभेद खेप्नु पर्र्यो । तर आज मलाई सबैले सम्मान गरेको पाए । मलाई धेरै प्रोत्साहन मिलेको छ । सरकारका मूख्य सचिव लिलामणी पौडेललाई पनि समलिंगी तेश्रोलिंगीबारे जानकारी दिन पायौ । ढलमती बनेको वागमती नदी सफाईमा सहभागी यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाहले भने ः लुकेर बस्दा होइन, खुलेर आउँदा सम्मान पाइदो रहेछ ।

शाहको नेतृत्वमा ३० जना वागमती नदीको सरसफाईमा जुटे । ढलमती बनेको वागमतीको सफाईमा यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चसँगै नेपाल सरकारका मूख्य सचिव लिलामणी पौडेल पनि सहभागी थिए । शाहको नेतृत्वमा वागमती सफाईमा संलग्न प्रज्वल खड्कालाई शुरुमा समलिंगी तेश्रोलिंगीबारे ज्ञान थिएन । अरुले जे भने त्यही मानसिकतामा रहेका खड्काले समलिंगी तेश्रोलिंगी पनि आफू जस्तै समान नागरिक हुन भन्ने थाहा पाउन नील हिरा समाजमै पुग्नु पर्र्यो ।???????????????????????????????

समलिंगी तेश्रोलिंगी प्रति पहिले जुन धारणा थियो अहिले परिवर्तन भएको छ खड्काले भने ः नील हिरा समाजमा जति उहाँहरुलाई खुल्न सजिलो हुन्छ बाहिर खुल्न सक्ने वातावरण पहिले थिएन । अहिले त्यो अवस्था छैन । यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाहको नेतृत्वमा वागमती सफाईमा रहेका खड्काले भने ः वागमतीको सफाई हातले होइन मनले गर्नु पर्छ । अध्यक्ष शाहले समलिंगी तेश्रोलिंगी आफ्नै अधिकारका लागि मात्रै लडिरहेको भन्ने समाजमा रहेको भ्रम हटाउन वागमती नदी सफाईमा जुटेको वताए । शाहले वागमती सफाईमा आफूहरुको निरन्तरता रहने वताए ।???????????????????????????????

समाचार शेयर गर्नुहोस्
528
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.