समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा १८ जनाले सहभागिता जनाउने

समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा १८ जनाले सहभागिता जनाउने

  • सोमबार, कार्तिक ११ २०७०

काठमाडौं (पहिचान) कार्तिक ११ दक्षिण एसियामा पहिलो पटक नेपालमा हुने समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा १८ जना पुरुष समलिंगीले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता कात्तिक १६ गते काठमाण्डुको राष्ट्रिय नाँचघर जमलमा हुनेछ । समलिंगी पुरुषको पहिचान तथा उनीहरुलाई समाजमा स्थापित गराउने मुख्य उद्धेश्यका साथ नील हिरा समाज काठमाण्डु शाखाले समलिंगी पुरुषबीच सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताले समाजमा रहेका समलिंगी पुरुष समुदायबारे समाजमा रहेको भ्रम हटाई खुलेर आउने वातावरण बनाउने नील हिरा समाज काठमाण्डु शाखाका कार्यक्रम संयोजक बासु गुरागाईले जानकारी दिए । समलिंगी पुरुषको मानव अधिकार, समानता र सम्मानका लागि पनि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने गुरागाईले बताए । प्रतियोगितामा समलिंगी पुरुषहरुको शारीरिक तथा बौद्धिक क्षमताको मुल्यांकन गरिनेछ ।

प्रतियोगितामा एचआइभी एड्स र यौन रोगबारे पनि जनचेतना दिइने नील हिरा समाजले जनाएको छ । कार्यक्रम संयोजक गुरागाईले समलिंगी पुरुष सन्दर्य प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.