समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा १८ जनाले सहभागिता जनाउने

समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा १८ जनाले सहभागिता जनाउने

956
SHARES

काठमाडौं (पहिचान) कार्तिक ११ दक्षिण एसियामा पहिलो पटक नेपालमा हुने समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा १८ जना पुरुष समलिंगीले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता कात्तिक १६ गते काठमाण्डुको राष्ट्रिय नाँचघर जमलमा हुनेछ । समलिंगी पुरुषको पहिचान तथा उनीहरुलाई समाजमा स्थापित गराउने मुख्य उद्धेश्यका साथ नील हिरा समाज काठमाण्डु शाखाले समलिंगी पुरुषबीच सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताले समाजमा रहेका समलिंगी पुरुष समुदायबारे समाजमा रहेको भ्रम हटाई खुलेर आउने वातावरण बनाउने नील हिरा समाज काठमाण्डु शाखाका कार्यक्रम संयोजक बासु गुरागाईले जानकारी दिए । समलिंगी पुरुषको मानव अधिकार, समानता र सम्मानका लागि पनि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने गुरागाईले बताए । प्रतियोगितामा समलिंगी पुरुषहरुको शारीरिक तथा बौद्धिक क्षमताको मुल्यांकन गरिनेछ ।

प्रतियोगितामा एचआइभी एड्स र यौन रोगबारे पनि जनचेतना दिइने नील हिरा समाजले जनाएको छ । कार्यक्रम संयोजक गुरागाईले समलिंगी पुरुष सन्दर्य प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्
956
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.