आश्वासन होइन, प्रतिनिधित्व गराउने लिखित प्रतिवद्धता चाहिन्छ ः समलिंगी तेश्रोलिंगी

आश्वासन होइन, प्रतिनिधित्व गराउने लिखित प्रतिवद्धता चाहिन्छ ः समलिंगी तेश्रोलिंगी

  • बुधबार, कार्तिक १३ २०७०

काठमाडौं (पहिचान) कार्तिक १३ -संविधान सभा चुनावमा एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नवनाएको नेकपा एमालेले राज्य संचालनका विभिन्न निकायमा प्रतिनिधित्व गराउने आश्वासन दिएको छ । संविधान लेख्ने थलो संविधान सभामा पुर्याउन नसकेको एमालेले अहिले राज्य संचालनका विभिन्न निकायमा प्रतिनिधित्व गराउने आश्वासन दिएको हो ।
एमाले महासचिव इश्वर पोखरेलले पत्रकारसँग कुरा गर्दै संविधान सभा चुनावमा एमालेले उम्मेदवार नवनाएकोमा निराश नहुन समलिंगी तेश्रोलिंगीलाई आग्रह गरे । महासचिव पोखरेलले समलिंगी तेश्रोलिंगीलाई राज्य संचालनका निकायमा प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए ।
राज्य संचालनका विभिन्न निकायमा समलिंगी तेश्रोलिंगीले अवसर पाउनुपर्छ एमाले महासचिव पोखरेलले भने ः राज्य संचालनका निकायबाट पनि आफ्नो अधिकार सुनिश्चित गराउन सकिन्छ । महासचिव पोखरेलले निराश नभई चुनावी अभियानमा लाग्न समलिंगी तेश्रोलिंगीलाई आग्रह पनि गरे ।
तामझामका साथ पार्टी प्रवेश गराएको र संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नवनाएको एमालेले अहिले राज्य संचालनका विभिन्न निकायमा प्रतिनिधित्व गराउने भन्ने कुरामा विश्वास गर्न नसकिने समलिंगी तेश्रोलिंगीको भनाई छ । संविधान सभा चुनावमा उम्मेदवार त बनाउन सकेन, अव के आश गर्ने समलिंगी तेश्रोलिंगी भन्छन् ः हामीलाई गुलिया कुरा गरेर भुलाउने भन्दा संविधान सभामा प्रतिनिधित्व गराउने लिखित प्रतिवद्धता जनाउनु पर्छ । संविधान सभामा मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनामा एमालेले एक जना समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व गराउने लिखित प्रतिवद्धता जनाउनु पर्नेमा समलिंगी तेश्रोलिंगीको माग छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.