छुट्टै लाइनको व्यवस्था नहुँदा तेश्रोलिंगी मतदान नगरी फर्कन बाध्य

छुट्टै लाइनको व्यवस्था नहुँदा तेश्रोलिंगी मतदान नगरी फर्कन बाध्य

  • शुक्रबार, मंसिर ७ २०७०

काठमाडौं (पहिचान) मंसिर ७ -नील हिरा समाजले संविधान सभा चुनावमा तेश्रोलिंगीलाई मतदान गर्न छुट्टै लाइनको व्यवस्था नगर्दा धेरै तेश्रोलिंगी मतदान नगरी फर्कन बाध्य हुनु परेको बताएको छ । अधिकांश मतदान केन्द्रमा तेश्रोलिंगी मतदाताका लागि छुट्टै लाइनको व्यवस्था नहुँदा धेरै तेश्रोलिंगी मतदान नगरी फर्कनु परेको समाजले जनाएको छ । निर्वाचन आयोग, सरकार, राजनीतिक दल सबैलाई तेश्रोलिंगीलाई मतदानमा छुट्टै लाइनको व्यवस्था गर्न समाजले आग्रह गदै आएको थियो ।

तेश्रोलिंगीका लागि छुट्टै लाइनको व्यवस्था नहुँदा मतदान केन्द्रमा पुगेका धेरै तेश्रोलिंगी मत नदिई फर्कन बाध्य भएका नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्तले वताए । संविधान सभाको चुनावमा तेश्रोलंगीलाई छुट्टै लाइनको व्यवस्था गर्न आफ्नो समूदायले गरेको आग्रह निर्वाचन आयोग, सरकार, राजनीतिक दलले नसुन्दा धेरै तेश्रोलिंगी मतदान नगरी फर्कन बाध्य हुनुपरेको पन्तको भनाई छ ।

संविधान सभा चुनावको अनुगमनमा खटिएका भक्ती शाह, दुर्गा थापा, सिमरन शेरचन, क्षितिज पौडेल र प्रदिप भट्टराईले संयुक्त रुपमा विज्ञप्ती निकालेर तेश्रोलिंगीलाई छुट्टै लाइनको व्यवस्था नगरेकोमा मतदान केन्द्रमा पुगेका तेश्रोलिंगी मतदान नगरी फर्कन बाध्य भएको उल्लेख गरिएको छ । अनुगमन पछि निकालिएको विज्ञप्तीमा चुनाव मार्फत गठन हुने संविधान सभाले नयाँ संविधान निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ ।

संविधान सभा चुनावमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति तथा अनौपचारिक सेवा केन्द्र इन्सेक मार्फत पर्यवेक्षण कार्यमा संलग्न पर्यवेक्षकहरुले अव गठन हुने संविधान सभाले संविधान निर्माण गर्ने विश्वास व्यक्त गरेका हुन् । संविधान सभाको चुनाव शान्तिपूर्ण, निष्पक्ष र धाँधली रहित रुपमा सम्पन्न भएको भन्दै समलिंगी तेश्रोलिंगी समूदायले मतदाता, सरकार, निर्वाचन आयोग, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षक, संचारकर्मी, राजनीतिक दल तथा सरोकारवाला सबैलाई बधाई दिएका छन् ।

संविधान सभाको चुनाव छिटफुट घटना बाहेक शात्निपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा भएको र चुनावका क्रममा कहि कतै चुनाव विरोधी क्रियाकलाप नभएको नील हिरा समाजको अनुगमन टोलीले स्पष्ट पारेको छ ।

प्रेस – विज्ञप्ति

देशमा हालै सम्पन्न भएको ऐतिहासिक संविधान(सभाको मतदान शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भएकोमा जिम्मेवार नेपाली नागरिकको हैसियतमा सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसंख्यकका पाँच जना पर्यवेक्षकका तर्फबाट मतदाता, नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक, संचारकर्मी, राजनीतिक दल तथा सरोकारवाला सबैमा हार्दिक बधाई दिन चाहन्छौं।

स्वतन्त्र पर्यवेक्षण संस्था नियोक ९राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति० तथा अनौपचारिक सेवा केन्द्र ९इन्सेक० मार्फत् हामी पनि यस निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकको रूपमा पर्यवेक्षण कार्यमा संलग्न भएका थियौं। पर्यवेक्षणको क्रममा सम्पन्न संविधान(सभाको मतदान,छिटपुट घटना वाहेक, शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा भएको र निर्वाचनका क्रममा कहिँकतै निर्वाचन विरोधी क्रियाकलाप नभएको समेत स्पष्ट पार्न चाहन्छौं।प्राविधिक रुपमा सबै कुरा व्यवस्थित हुँदा हुँदै पनि अधिकांश मतदान केन्द्रमा तेस्रो लिंगी मतदाताहरूका लागि छुट्टै लाइनको व्यवस्था नभएको हुँदा धेरै तेस्रो लिंगी मतदाताहरु मतदान नगरी फर्केको समेत पाइयो।

अन्त्यमा, निर्वाचनमार्फत् चुनिने संविधान(सभाले सबैलाई समेटी नयाँ संविधान निर्माण गर्नेछ भन्ने विश्वासका साथ जनमतलाई कदर गरी नेपाल र नेपालीको उन्नत भविष्यको लागि कार्य गरोस् भन्ने शुभकामना व्यक्त गर्ने चाहन्छौं।

 भक्ति शाह

दुर्गा थापा

सिमरन शेरचन

क्षितिज पौडेल

प्रदिप भट्टराई

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.