समलिंगी तेश्रोलिंगीको वनभोज

समलिंगी तेश्रोलिंगीको वनभोज

  • बुधबार, मंसिर २६ २०७०

काभ्रे (पहिचान) मंसिर २६- काभ्रेको नमोवुद्धमा समलिंगी तेश्रोलिंगी समूदायले वनभोज कार्यक्रम गरिरहँदा केही स्थानीयलाई अचम्म लाग्यो । धेरै बेर गम खाएर एक जना महिलाले भनिन ः भारतमा धेरै छन् भन्ने सुनेको थिए । नेपालमा पनि दुई चार जना होलान भन्ने कुरा चल्थ्यो । तर यति धेरै जना नेपालमा छन् भन्ने आज आफ्नै आखाँले देख्न पाए । भगवानको कृपा । प्रकृतिले नै दिएको । सबैले सम्मान गर्नु पर्छ ।
काभ्रे नमोवुद्धमा होटल संचालन गर्दै आएकी एक महिलाले वनभोजमा समलिंगी तेश्रोलिंगीसँगै सहभागी विपरितलिंगीहरुसँग व्यक्त गरेको यो भनाई निक्कै घतलाग्दो थियो । मेरी छोरीका दुई जना तेश्रोलिंगी साथी यही तल शंखुमा छन् नि ति महिलाले भनिन ः जन्मेपछि बाँच्ने अधिकार सबैलाई छ । एक मानवले अर्को मानवलाई दुरव्यवहार गर्नु हुँदैन । काभ्रे नमोवुद्धमा शनिवार नील हिरा समाजले आयोजना गरेको बनभोजमा सहभागी समलिंगी तेश्रोलिंगीलाई हेर्न स्थानीयको लर्कोनै लागेको थियो । 2 photo
महिला र पुरुष जस्तै देखिने समलिंगी तेश्रोलिंगीले आ आफ्नो क्षमता प्रदर्शन गरेर मनोरञ्जन गरिरहेका थिए । गीतमा नाच्ने, विभिन्न खेलमा प्रतिष्पर्धा गर्ने देखि खानपानको व्यवस्था समलिंगी तेश्रोलिंगीले मिलेर गरे । नेपालमा अधिकार प्राप्तीको अभियानमा लामो समयदेखि होमिएका समलिंगी तेश्रोलिंगी मनमा भएको पीडा भुल्न नाचगान गरेर मनोरञ्जन गरिरहेका थिए । 3 photo
वनभोजमा सहभागी समलिंगी तेश्रोलिंगीले वनभोज कार्यक्रम आयोजना गरेर अधिकार विहिन नवनाउन आग्रह गरे । नयाँ संविधानमा हाम्रा अधिकार लेखिनु पर्छ वनभोजमा सहभागी एक जना तेश्रोलिंगीले भने ः कहिले सम्म आफ्नो पहिचान लुकाएर बस्नु । नील हिरा समाजका संस्थापक अध्यक्ष सुनिलवावु पन्तले वनभोज कार्यक्रम अधिकार प्राप्तीको सांकेतिक अभियाननै भएको बताए । समाजकी अध्यक्ष पिंकी गुरुङले सबैको सहभागितानै अधिकार प्राप्तीका लागि कोसेढुङ्गा हुने बताइन । नील हिरा समाजले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका लागि विगत १३ बर्षदेखि अभियान संचालन गरिरहेको छ । घर, परिवार, समाज र राज्यबाट विभेदमा पर्ने अवस्था अन्त्यका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको समाजले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading