भारतीय सर्वोच्च अदालतलाई फैसला पुनरावलोकन गर्न समलिंगी तेश्रोलिंगीको माग

भारतीय सर्वोच्च अदालतलाई फैसला पुनरावलोकन गर्न समलिंगी तेश्रोलिंगीको माग

  • आइतबार, मंसिर ३० २०७०

काठमाडौं (पहिचान) मंसिर ३० – समलिंगी तेश्रोलिंगीहरुको संस्था नीलहिरा समाजले भारतमा समलिंगी विवाहलाई अपराध मान्ने भारतीय सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गरेको छ । भारतीय राजदुत रञ्जित रेलाई ज्ञापनपत्र बुझाउदै समाजले फैसलाले भारतीय समलिंगी तेश्रोलिंगीप्रति अन्याय गरेकाले भारतीय सर्वोच्च अदालतलाई आफ्नो फैसलाको पुनरावलोकन गर्दै फरक पहिचान भएका नागरिकका अधिकारको सम्मान गर्न आग्रह गरेको हो । त्यस्तै, अन्य ऐन कानुनको निर्माण गरि समलिंगि तेश्रोलिंगीको अधिकार स्थापित गराउन भारतीय संसदलाई पनि नीलहिरा समाजले आग्रह गरेको छ । नेपालको सर्वोच्च अदालतले समलिंगी तेश्रोलिंगीको अधिकारका पक्षमा धेरै राम्रो ब्यवस्था गरेपनि सामाजिक सास्कृतिक वातावरण मिल्ने भारतमा समलिंगी विवाहलाई मान्यता नदिनु दुखद भएको समाजले भारतीय दूतावासमा बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

भारतीय सर्वोच्च अदालतको फैसलाले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकारमा धक्का पुगेको उल्लेख गरिएको छ । नेपालका समलिंगी तेश्रोलिंगीले संसारको सबैभन्दा ठूलो लोकतन्त्र भन्ने  देशको न्यायालयबाट यस्तो फैसला आउनु लाजलाग्दो भएको ज्ञापनपत्रमा लेखिएको छ । विश्वभर रहेका समलिंगी तेश्रोलिंगीले भारतीय दूतावासहरुमा ज्ञापनपत्र बुझाउँदै भारतीय सर्वोच्च अदालतलाई फैसला पुनरावलोकन गर्न माग गरेको समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तले जानकारी दिनुभयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.