किशोरकिशोरीलाई सकारात्मक परिवर्तन गराउँदै यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघ

किशोरकिशोरीलाई सकारात्मक परिवर्तन गराउँदै यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघ

  • मंगलबार, पौस २ २०७०

गौरी नेपाली /काठमाडौं (पहिचान) पुष २ -यौनिक तथा लैगिंक अल्पसख्ंयक महासघंंले काठमाडौंमा एक दिने प्रदर्शनी आयोजना गरेको छ । युनिसेफको सहयोगमा किशोरकिशोरीहरुको सहभागिता र विकास परियोजनाको एक दिने वार्षिक समीक्षात्मक कार्यक्रममा महासंघले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यले भोेग्नु परेका समस्या, समस्या समाधानका लागि अहिले सम्म भएका उपलव्धी र अवका चुनौती झल्काउने पोष्टर, चार्ट तथा तस्विरको प्रदर्शन गरेको हो ।  
यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघले आयोजना गरेको प्रदर्शनसँगै कार्यक्रममा सहभागीता जनाएका विभिन्न गैरसरकारी तथा सरकारी संस्थाहरुले आफूले गर्दै आएको कामबारे जानकारी गराएका थिए । सबैलाई सिर्जनात्मक प्रस्तुतीका लागि १५÷१५ मिनटको समय दिइएको थियो । १५ मिनेटमा सबैले स्टल राखेर आफ्ना समस्या, अहिलेसम्मका उपलव्धी र अवको चुनौती झल्कने स्टल राखेका थिए । कार्यक्रममा सहभागि सबै संघ सस्ंथा तथा व्यक्तिले एक अर्काको स्टल चासोका साथ अवलोकन गरेका थिए ।???????????????????????????????
यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघमा यूनिसेफको सहयोगमा संचालित कार्यक्रम संयोजक बासु गुराँगाईले प्रर्दशनमा राखिएका सामग्रीले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको समस्या, अहिले सम्मका उपलव्धी र अवको चुनौती झल्काएको जानकारी दिनुभयो । गुरागाईले महासघंको तर्फबाट यो कार्यक्रम हाल देशका ५ वटा जिल्लामा सञ्चालन रहेकोमा सबै जिल्लामा  ३ महिने पहिलो चरणको कार्यक्रम समाप्त भएको जानकारी दिनुभयो । ???????????????????????????????

१५ महिनासम्म चल्ने यो कार्यक्रम अक्टोबरबाट शुरु भएको हो । एक सामुदायिक संस्थाले प्रत्येक चरणमा सय जना किशाोरकिशोरीलाई यौन स्वास्थ्य तथा जीबनोपयोगी सीप प्रदान गरेर उनीहरुको ज्ञान, सीप र धारणामा परिवर्तन ल्याउने युनिसेफको लक्ष्य अनुरुप महासघंको तर्फबाट ९० प्रतिसत उपलब्धि प्रदान गर्न सकेको गुरागाईले दावी गर्नुभयो ।
कार्यक्रममा महासंघले कार्यक्रमको उपलब्धि झल्काउने ७ मिनेटको नाटक पनि प्रस्तुत गरेको थियो । नाटकमा एक जना १६ वर्षका तेस्रोलिङ्गि महिला लैङ्गिकताको आधारमा समाजले गरेको हेलाबाट निराश भई कुलतमा फसिरहनु परेको अवस्था देखाइएको थियो । कुलतमा फस्न नदिनका लागि महासंघले संचालन गरिरहेको कार्यक्रममा ती तेश्रोलिंगी महिला सहभागी हुने र परामर्सपछि कुलत त्याग्न सफल भएको चेतना जगाउने सन्देश दिइएको थियो । कार्यक्रममा सहभागी भएपछि उनले पनि समय व्यवस्थापन गर्न सकेको, नकारात्मक दौतरी दबाबलाई नाई भन्न सकेको कुरालाई पनि नाटकमा प्रस्तुत गरिएको थियो ।???????????????????????????????
यसरी कार्यक्रमले धेरै यौनिक तथा लैङ्गिक अल्पसख्ंयक किशोरकिशोरीलाई सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउने भएकाले यो कार्यक्रमको निरन्तरता हुनुपर्नेमा कार्यक्रममा सहभागी यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायकका सदस्यको जोड थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading