महासंघको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित

महासंघको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित

  • आइतबार, पौस ७ २०७०

काठमाडौं (पहिचान) पुष ७ -यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघमा नयाँ नेतृत्व चयन भएको छ । महासंघको सातौ साधारण सभाले अध्यक्षमा मनिषा ढकाल, उपाध्यक्षमा संजय शर्मा, महासचिवमा मनोरञ्जनकुमार बैद्य र कोषाध्यक्षमा संजिव गुरुङ पिंकीलाई निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै कार्य समिति सदस्यमा देव नारायण श्रेष्ठ, कौमती पुन, राजु बराल, राम अवतार थारु, राम कृष्ण गुरुङ, सरिता चौधरी। विपासा राई र नारायण चौधरी निर्वाचित भएका छन् । पदाधिकारी निर्विरोध निर्वाचत भएका र सदस्यमा मतदान भएको महासंघका राष्ट्रिय कार्यक्रम संयोजक रोशन महतोले जानकारी दिए ।

नौ जना कार्यसमिति सदस्य पदका लागि १३ जनाको उम्मेदवारी परेको थियो । महासंघको साधारण सभाले विगतका कामको समिक्षा गर्दै बार्षिक कार्ययोजना पारित गरेको जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading