गलत सोचका कारण ढिलो गरी नील हिरा समाजको नविकरण

गलत सोचका कारण ढिलो गरी नील हिरा समाजको नविकरण

  • मंगलबार, पौस ९ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.10187258984require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10317324528include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौ (पहिचान) पुष ९- वितेको बर्ष समलिंगी तेश्रोलिंगीका लागि तनावमा वित्यो । आफ्नो अधिकारको वकालत गर्दै आएको नील हिरा समाजको नविकरण रोकिदाँ देशभरका समलिंगी तेश्रोलिंगी भोक भोकै काम गर्न बाध्य भए । सन् २०१३ वास्तवमा भन्नु पर्दा समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्तालाई सिध्याउने भनेर लागे । यो कुरा न त समलिंगी तेश्रोलिंगीका अभियन्तालाई पत्तो भयो न त अधिकार चाहियो भनेर आवाज उठाउने समलिंगी तेश्रोलिंगीलाई नै लाग्यो ।

जसो जसो बाहुन बाजे उसै उसै स्वाहा भनेझै अधिकार प्राप्तीको अभियान चलाइरहेका दक्षिण एसियाकै नेता सुनिलवावु पन्त विदेशिनु परेको यो बर्ष समलिंगी तेश्रोलिंगीका लागि दुखद क्षण हो । यसले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियानमा इन्द्रेणी नपर्ला भन्न सकिन्न । सुनिलवावु पन्तको सक्रियता र पहलमा समलिंगी तेश्रोलिंगी अधिकारको कुरा उठेको हो । यो कुरा उठ्नु भन्दा अगाडि अपशव्द मात्रै प्रयोग हुन्थ्यो ।

छक्का, हिजडाको शव्दले सम्वोधन हुने गरेका कारण अहिले आफ्नो लैगिंक पहिचान लुकाएर बस्न बाध्य छन् समलिंगी तेश्रोलिंगी । यौनिक तथा लैगिंक अल्पसंख्यकको रुपमा रहेका समलिंगी तेश्रोलिंगीलाई अनेक वहानामा विभाजित गर्न नखोजिएको होइन । एक्लो सुनिलवावु पन्तलाई देखाएर अहिलेसम्मको अभियान निस्तेज पार्ने षडयन्त्र भइरहेको समलिंगी तेश्रोलिंगी समूदायले बुझ्दै गए ।Renew B

यो षडयन्त्र समलिंगी तेश्रोलिंगी मध्येका केही स्वार्थमा झुम्मिन तल्लिनहरुकै कारण भएको पर्दाफास भयो । दुई धार बनाएर आफ्नो दुनो सोझ्यान पल्लेकाकाहरुले समलिंगी तेश्रोलिंगीको अभियानमा भाँजो हाल्ने काम यो अवधीमा पनि रोकेका छैनन् । यो या त्यो आरोप लगाएर समलिंगी तेश्रोलिंगीका अभियन्ता सुनिलवावु पन्तलाई कमजोर बनाउन उद्यत हुनु आफ्नै खुट्टामा बञ्चरो हान्नु सिवाय केही होइन ।

यो कुरामा आफूलाई समलिंगी तेश्रोपलंगी हौ भन्नेहरुले बुझ्नु जरुरी छ । अहिले पनि नील हिरा समाजको नविकरण ढिलै गरी भएको छ । समाजको नविकरणमा प्रशासनमा रहेका निहित स्वार्थ भएका व्यक्तीको गलत सोचका कारण ढिलाई भएको हो । ढिलै भएपनि समलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजको नविकरण भएको छ । समाजको नविकरण भएकोमा समलिंगी तेश्रोलिंगी र समलिंगी तेश्रोलिंगीको अभियानमा साथ दिने खुशी छन् ।

खुशीसँगै खिन्नता पनि छाएको छ समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता यतिवेला नेपालमा नुहनु खिन्नता छाउनुको मुख्य कारण हो । समान व्यवहार गर्नुपर्ने प्रशासनिक निकाय व्यक्तीले सत्य र गलत नछुट्याई कुनै व्यक्तीको भनाईलाई आधार मानेर अभियानलाई नै निस्तेज पार्ने काम गर्नु जायज हुन सक्दैन । अवका दिनमा यस्तो नहोस् । समलिंगी तेश्रोलिंगीका अभियन्ता सुनिलवावु पन्तलाईसँगसँगै भएको देख्न पाइयोस समलिंगी तेश्रोलिंगीको यही कामना छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading