समलिंगी तेश्रोलिंगीको आर्थिक समस्या समाधान गर्न बचत

समलिंगी तेश्रोलिंगीको आर्थिक समस्या समाधान गर्न बचत

  • मंगलबार, पौस १६ २०७०

राज चौधरी /धनगढी(पहिचान) पुष १६ -समलिंगी तेश्रोलिंगीको आर्थिक समस्या समाधान गर्न स्थापना भएको एकता बचत समूहको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदुरपश्चिममा रहेका यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको हक अधिकारका लागि वकालत, अभिलेखिकरण र एचआइभी एड्सकाबारेमा जनचेतना जगाउँदै आएको एकता नेपालले गएको बर्ष एकता बचत समूह गठन गरेको थियो ।
समलिंगि तेस्रोलिंगिलाई आइपर्ने आर्थिक समस्या समाधान गर्ने उद्धेश्यले बचत समूह गठन भएको एकता नेपालले जानकारी दिएको छ । एकता बचत समूहले हरेक सदस्यबाट महिनाको एक सय रुपैया बचत संकलन गर्दै आएको छ । समूहमा अहिले सम्म ५३ हजार ७० रुपैयाँ जम्मा भइसकेको समूहले जनाएको छ । जम्मा भएको मध्ये ४७ हजार रुपैया“ सदस्यहरुमा लगानी गरिएको समाजले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading