समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा अनिवार्य प्रतिनिधित्व गराउन माग

समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा अनिवार्य प्रतिनिधित्व गराउन माग

  • आइतबार, पौस २८ २०७०

काठमाडौं (पहिचान) पुष २८- नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्तले समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा अनिवार्य प्रतिनिधित्व गराउन माग गरेका छन् । संविधान सभामा आफ्नो समूदायको प्रतिनिधित्व नभएसम्म अधिकार लेखिने निश्चित नहुने भन्दै समलिंगी तेश्रोलिंगीलाई अनिवार्य प्रतिनिधित्व गराउन पन्तले माग गरेका हुन् ।

मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई पत्र पठाएर पन्तले मन्त्रीपरिषदले मनोनित गर्ने २६ जना सभासद् सदस्यमा समलिंगी तेश्रोलिंगी तथा अपागंता भएका समूदायलाई अनिवार्यच प्रतिनिधित्व गराउनु पर्ने माग गरे । पन्तले रेग्मीलाई पत्र लेखेर यस पटकको संविधान सभामा समलिंगी तेश्रोलिंगी तथा अपागंता भएका समूदायलाई प्रत्यक्ष र समानुपातिक तर्फबाट समावेश गराउन राजनीतिक दलहरु असफल भएको उल्लेख गरेका छन् । संविधान सभामा समलिंगी तेश्रोलिंगी तथा अपागंता भएका समूदायको प्रतिनिधित्व नभए संविधान सभानै अपुरो हुने भन्दै पन्तले अनिवार्य प्रतिनिधित्व गराउन मन्त्रीपरिषद अध्यक्ष रेग्मीसँग माग गरेका हुन् ।

समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता समेत रहेका पन्तले देशभरका समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग सहितको सन्देश पठाउन अनुरोध पनि गरेका छन् । मन्त्रीपरिषदका अध्यक्ष रेग्मीलाई फोन गरेर, मोवाइलबाट एसएमएस पठाएर साथै इमेल र फ्याक्स गरेर संविधान सभामा अनिवार्य प्रतिनिधित्वको माग गर्न देशभरका समलिंगी तेश्रोलिंगीलाई पन्तले भनेका हुन् । मन्त्रीपरिषद अध्यक्ष रेग्मीलाई ११११ फोन गरेर गुनासो टिपाउन, मोवाइलबाट ११११ मा एसएमएस पठाउन साथै [email protected] मा इमेल गर्न र ११११ मा फ्याक्स गरेर संविधान सभामा प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

विघठित संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्त गरेका थिए । तर यस पटकको संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व भएको छैन । माघ ८ गते संविधान सभाको बैठक आव्हान भइसकेको छ । संविधान सभालाई समावेशी बनाउन पनि मन्त्रीपरिषदले मनोनयन गर्ने २६ जनामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउनु पर्ने समलिंगी तेश्रोलिंगीको माग छ । समलिंगी तेश्रोलिंगीले यस विषयमा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेरै ध्यानाकर्षण गराउने तयारी गरे पनि रेग्मीको निजी सचिवालयले भेट्ने समय निश्चित गरेको छैन ।
सम्माननिय अध्यक्ष ज्यू,
मन्त्रिपरिषद, नेपाल सरकार
यस पटकको संविधान सभामा  समलिंगी(तेश्रोलिंगी तथा अपांगता भएका समुदायलाई प्रत्यक्ष तथा समानुपातक तर्फवाट समावेश गराउन राजनितिक दलहरु असफल रहेका छन्। केही दलले समानुपातिकको बन्द सूचिमा नाम समावेश गरेपनि मतदाताहरुलाइ आकर्षित गर्न र केवल देखाउनको लागी मात्र समावेश गरेको पाइन्छ। समलिंगी(तेश्रोलिंगी तथा अपांगता भएका समुदाय नेपाली समाजमा अत्यन्त सिमान्तकृत  रहेका तर नेपाली सबै समाजका अभिन्न अंग पनि भएकाले यस पटकको संविधान सभामा  समलिंगी(तेश्रोलिंगी तथा अपांगता भएका समुदाय समावेशि नभएमा संबिधान सभा नै अपुरो हुने छ। त्यसैले मन्त्रिपरिषदले मनोनयन गर्ने २६ जना सभासद सदस्यमा समलिंगी(तेश्रोलिंगी तथा अपांगता भएका समुदायलाई अनिवार्य प्रतिनिधित्व गराउनु हुन हाम्रो माग रहेको छ।
धन्यवाद।
सुनील बाबु पन्त,
पुर्व सभासद
तेस्रोलिँगि तथा समलिँगिहरुको संविधान सभामा अनिवार्य प्रतिनिधित्व गराउन माग गर्दै निम्न ठेगानामा बर्तमान मन्त्री परिषदका अध्यक्ष श्री खिलराज रेग्मिलाइ फोन, छोटो सन्देश इमेल(फ्यक्स गर्न अनुरोध गर्दछु ।

फोन गरेर आफ्नो गुनासो टिपाउने फोन नंबर ११११
मोवाइल बाट  छोटो सन्देश ९क्ःक्० पठाउन ११११
इमेल गरेर ज्ञापन पत्र पठाउनकालागी  लागी [email protected]
फ्यक्स गरेर गुनासो वा जानकारी गराउन ११११

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.