संविधान सभामा प्रतिनिधित्व गराउन पहल गर्छु ः कोइराला

संविधान सभामा प्रतिनिधित्व गराउन पहल गर्छु ः कोइराला

  • मंगलबार, पौस ३० २०७०

काठमाडौं (पहिचान) पुष ३० -नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा प्रतिनिधित्व गराउन पहल गर्ने बताएका छन् । सभापति कोइरालाले संविधान सभामा मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउन पहल गर्ने बताएका हुन् । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ नेतृत्वको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्दै काँग्रेस सभापति कोइरालाले समानुपातिक तर्फको ३ सय ३५ सदस्यमा समलिंगी तेश्रोलिंगी नपरेकोमा भने अनविज्ञता प्रकट गरे ।

३ सय ३५ जनामा तपाईहरु पर्नु भएन ? सभापति कोइरालाले भने ः मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनामा तपाईहरुको प्रतिनिधित्व गराउन पहल गर्छु । समाजकी अध्यक्ष पिंकी गुरुङले संविधान लेख्नका लागि गठन हुन लागेको संविधान सभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरिन ।

यस्तै नील हिरा समाजले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सभासद् सुनिल थापालाई भेटेर संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउन माग गरेको छ । थापाले आफ्नो पार्टी मन्त्रीपरिषद्ले मनोनित गर्ने ठाउँसम्मको भूमिकामा नरहेपनि अरु दलहरुलाई आग्ह गर्ने आश्वासन दिए । विघठित संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेका थिए । दोश्रो पटक गठन हुन लागेको संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व भएको छैन ।

समाजले संविधान सभामा आफ्नो समूदायको प्रतिनिधित्व नभए अधिकार लेखिने निश्चित नहुने भन्दै दलका नेताहरुको ध्यानाकर्षण गराउँदै आएको छ । समाजले हिजो नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपाललाई संविधान सभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व गराउन ध्यानाकर्षण पत्र बुझाएको थियो । समाजले संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेताहरुलाई भेटेर संविधान सभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व गराउन आग्रह गर्ने जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.