समलिंगी तेश्रोलिंगीको संविधान सभामा अनिवार्य प्रतिनिधित्व हुनुपर्छ ः अध्यक्ष गुरुङ

समलिंगी तेश्रोलिंगीको संविधान सभामा अनिवार्य प्रतिनिधित्व हुनुपर्छ ः अध्यक्ष गुरुङ

  • शनिबार, माघ १८ २०७०

विष्णु अधिकारी/काठमाडौं (पहिचान) माघ १८- नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संविधान सभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनु पर्ने बताएकी छन् । संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व नभए संविधानमा आफ्नो समूदायको अधिकार लेखिने सम्भावना नहुने अध्यक्ष गुरुङको भनाई छ । संविधान सभामा मनोनित हुन बाँकी २६ जनामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष गुरुङको जोड छ ।

रेडियो कार्यक्रम पहिचानका देशभर रहेका पहिचानकर्मीलाई राजधानीमा दिइएको दुईदिने पत्रकारिता आधारभूत तालिममा गुरुङले एक्लो प्रयासबाट मात्रै केही नहुने भएकाले अधिकार प्राप्तीको अभियानमा सबैको सहकार्य हुनुपर्ने बताइन् । अघिल्लो संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेका थिए । दोश्रो संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व भएको छैन ।
अध्यक्ष गुरुङले दैनिक एक घण्टा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको हक अधिकार समेटिएको रेडियो कार्यक्रम प्रसारण हुनु प्रसंसायोग्य भएको बताइन । समलिंगी तेश्रोलिंगीको हक अधिकार एक्लो प्रयासले मात्रै सम्भव नहुने भन्दै अध्यक्ष गुुरुङले सबैसँग सहकार्य हुनुपर्नेमा जोड दिइन । समलिंगी तेश्रोलिंगीको विषयलाई पछिल्लो समय संचार माध्यमले प्राथमिकता दिएकोमा अध्यक्ष गुरुङले धन्यवाद दिइन ।
पत्रकारिता तालिममा धनगढीबाट पहिचानकर्मी राज चौधरी, पोखराबाट बिपना पनेरु, जनकपुरबाट प्रदिप यादब, मकवानपुरबाट इन्दीरा न्यौपाने, भैरहवाबाट सुमिति पौडेल, काठमाडौंबाट बिष्णु अधिकारी, गौरी नेपाली र अम्बिका दाहाल सहभागी छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.