पत्रकारिता तालिम लिदै समलिंगी तेश्रोलिंगी

पत्रकारिता तालिम लिदै समलिंगी तेश्रोलिंगी

  • आइतबार, माघ १९ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0009730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09447259008require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09567324552include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

गौरी नेपाली /काठमाडौं (पहिचान) माघ १९- माघ १९ सबैले सम्झेको हुनुपर्छ । पत्रकारितामा धेरैका लागि यो दिन मानसपटलमा दरिएको दिन हो । त्यो दिन र आजको दिन दुवै एक भने पक्कै होइन । किनकी धेरैलाई त्यो दिन अविष्मरणीय क्षणमा मात्रै सिमित भएको छ । बन्दूकको कुन्दामा गरिएको त्यो दिनको पत्रकारिता र कलमको वलमा गर्न पाएको आजको मेरो पत्रकारिता एउटै भने छैन ।
यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यले आधारभूत रेडियो पत्रकारिता तालिम लिएका छन् । उनीहरुले समलिंगी तेश्रोलिंगीलाई घर, परिवार, समाजले हेर्ने दृष्टिकोण देखि राज्यका नीति निर्माण तहसम्म समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्वको अभियानलाई सशक्त बनाउन रेडियो पत्रकारिता तालिम लिएका हुन् । समलिंगी तेश्रोलिंगी प्रति रहेको नकारात्मक भ्रम अन्त्य गर्नु, समता मुलक समाज निर्माण गर्नु, संविधान सभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व गराउन संचारमाध्यम मार्फत सशक्त आवाज उठाउने तालिममा सहभागी समलिंगी तेश्रोलिंगीको भनाई छ ।
पत्रकारितामा रहर र बाध्यताले लाग्नु भन्दा पनि समूदायको अधिकार प्राप्तीको अभियान प्रभावकारी बनाउन केन्द्रीत हुने उनीहरुको भनाई छ । नील हिरा समाजले देशका विभिन्न ठाउँमा रहेका पहिचानकर्मीका लागि दिएको दुई दिने तालिमपछि उनीहरुले अधिकार प्राप्तीको अभियान प्रभावकारी बनाउन केन्द्रीत हुने बताएका हुन् । ???????????????????????????????
तालिम समापन कार्यक्रममा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउन र नयाँ संविधानमा अधिकार लेखाउने अभियान सफल बनाउन पत्रकारिता तालिम लिएकाहरुको भूमिका महत्वपूर्ण हुने बताइन । आग्रह पूर्वाग्रह नराखी देशभर रहेका लाखौ समलिंगी तेश्रोलिंगीको संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने विषय सबैले उठाउने आशा नील हिरा समाजको छ । नील हिरा समाजको उत्पादनमा २०६९ साल साउन १७ गतेदेखि हरेक दिन एक घण्टा रेडियो कार्यक्रम पहिचान प्रसारण हुँदै आएको छ । तालिम दिने उज्यालो नाइन्टी नेटवर्कका पत्रकार माधव दुलालले समलिंगी तेश्रोलिंगीको पीडा अरुले भन्दा स्वंय समलिंगी तेश्रोलिंगीले बुझ्ने भन्दै सत्य तथ्य र निष्पक्ष रेडियो कार्यक्रम निर्माण गर्न तालिम उपयोगी हुने बताए । ???????????????????????????????
तालिममा काठमाडौंबाट पहिचानकर्मी विष्णु अधिकारी, गौरी नेपाली, अम्विका दाहाल, हेटौडाबाट इन्दिरा न्यौपाने, पोखराबाट विपना पनेरु, भैरहवाबाट सुमित पौडेल, जनकपुरबाट प्रदीप यादव र धनगढीबाट राज चौधरी सहभागी थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading