तेश्रोलिंगी निरुतालाई नई रामलक्ष्मी पुरस्कार प्रदान गरिने

तेश्रोलिंगी निरुतालाई नई रामलक्ष्मी पुरस्कार प्रदान गरिने

  • बिहिबार, माघ २३ २०७०

काठमाडौं (पहिचान) माघ २३ -नई प्रकाशनले नील हिरा समाजका उपाध्यक्ष तेश्रोलिंगी उमेश पाण्डे निरुतालाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गर्ने भएको छ । यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको संगठन विस्तारमा योगदान पुर्याएबापत नई प्रकाशनले निरुतालाई २०७० सालको नइ रामलक्ष्मी पुरस्कार प्रदान गर्ने भएको हो । समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तसँगै उमेश पाण्डे निरुता पनि नील हिरा समाजको स्थापना हुनु अघिदेखिनै यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको हक अधिकारका लागि क्रियाशिल थिए ।

नील हिरा समाज स्थापना हुनुअघि समलिंगी तेश्रोलिंगी पाण्डेको काठमाडौंको टेकू पचलीमा रहेकोे घरमा जम्मा हुने गर्थे । पुरुष पुरुषबीच यौन सम्पर्क गर्नेलाई कसले कोठा दिन्छ ? त्यतिवेला आफूहरुमाथि हुने विभेद सम्झदै पाण्डेले भने ः संगठित दवाव दिदाँ हामी माथि भएका विभेद अहिले केही कम भएका छन् । नई प्रकासनले आफूलाई सम्मान गर्ने निर्णय गरेकोमा खुशी लागेको पाण्डेले बताए ।
नई प्रकाशनले शुरुमा समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता, नील हिरा समाजका संस्थापक एवं पूर्व सभासद् सुनिलवावु पन्तलाई सम्मान गरेको थियो । यस्तै नई प्रकाशनले नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, समाजकी उपकार्यकारी निर्देशक मनिषा ढकाल र मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठलाई सम्मान गरिसकेको छ । तेश्रोलिंगी पाण्डेलाई २० हजार रुपैयाँ राशीको नइ रामलक्ष्मी पुरस्कार फागुन २२ गते प्रदान गरिने नई प्रकाशनले जनाएको छ ।
नई प्रकाशनले पाण्डे सहित १००८ डा. कृष्णदास महायोगी सिद्धबाबालाई नइ चन्द्रधन पुरस्कार, विजय चालिसेलाई नइ ईश्वरवल्लभ पुरस्कार, प्रा.डा.कपिल लामिछानेलाई नइ धनरुप पुरस्कार, प्रमोद प्रधानलाई नइ कीतिनिधि पुरस्कार प्रदान गर्ने जनाएको छ । यस्तै डा. लक्ष्मणप्रसाद गौतमलाई नइ ईश्वर बराल पुरस्कार, लीला लुइटेललाई नइ रेखा पुरस्कार, जुजुकाजी रञ्जितलाई नइ कोइलीदेवी पुरस्कार, रामप्रसाद पन्तलाई नइ भाजप पुरस्कार र नीलम कार्की निहारिकालाई नइ गणेशदुर्गा पुरस्कार पुरस्कार प्रदान गरिने नइ प्रकाशनले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading