समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व नभए संविधान सभा समावेशी नहुने

समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व नभए संविधान सभा समावेशी नहुने

589
SHARES

राज चौधरी/ कैलाली (पहिचान) माघ २३ -नील हिरा समाजको शाखा कार्यालय धनगढी कैलालीले संविधान सभामा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय अनिवार्य प्रतिनिधित्व गराउन दलहरुको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेस र नेकपा एमाले कैलालीका नेताहरुलाई भेटेर समाजको शाखा कार्यालय एकता नेपाल कैलालीको प्रतिनिधि मण्डलले नेपाली काँग्रेसका रणवहादुर मल्ल र नेकपा एमालेका लोकेन्द्र वहादुर सिंलाई भेटेर संविधान सभामा मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनामा कम्तीमा एक जना यौनिक तथा लैगिंक अल्पसख्यक समूदायको प्रतिनिधित्व हुनु पर्ने माग गरेको हो ।

काँग्रेसका मल्लले पार्टी सभापति सुशील कोइराला समलिंगी तेश्रोलिंगीको अधिकार प्रति सकारात्मक रहेको वताउँदै संविधान सभामा प्रतिनिधित्व गराउन जिल्लाबाट पहल गर्ने आश्वासन दिए । नेकपा एमालेका सिंहले मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा एक जना समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउन पार्टी अध्यक्ष झलनाथ खनाललाई आग्रह गर्ने वताए ।

यस्तै एकता नेपाल धनगढीले पत्रकार सम्मेलन गरेर समलिंगि तेस्रोलिंगिलाई संविधान सभामा अनिवार्य प्रतिनिधित्व गराउन दवाव दिने बताएको छ । दोस्रो संविधान सभामा समलिंगि तेस्रालिंगिलाई प्रत्यक्ष तथा समानुपति तर्फबाट समाबेश गराउन राजनीतिक दलहरु असफल रहेको भन्दै एकता नेपालले मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व गराउन दवाव दिने बताएको हो । पत्रकार सम्मेलनमा नील हिरा समाजका क्षेत्रिय कार्यक्रम संयोजक राजु लामाले संविधान सभामा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको प्रतिनिधित्व नभए संविधान सभा समावेशी नहुने बताए ।

यस्तै एकता नेपालले जिल्ला विकास समिति कैलालीलाई यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका लागि योजना तर्जुमा गरेर बजेट विनियोजन गर्न माग गरेको छ । एकता नेपालका सचिव विनिता सिंह नेतृत्वको टोलीलाई जिविस कैलालीमा गएर योजना तर्जुमा गरी बजेट विनियोजन गर्न माग गरेको हो । जिविस कैलालीका शाखा अधिकृत योगेन्द्र ओझाले समलिंगी तेश्रोलिंगी समूदाय प्रति जिविस कैलाली सकारात्मक रहेको बताउँदै अहिले भइरहेको सहयोग बढाउन पहल गर्ने आश्वासन दिए ।

समाचार शेयर गर्नुहोस्
589
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.