अधिकार प्राप्तीका लागि संगठित दवाव दिन आवश्यक

अधिकार प्राप्तीका लागि संगठित दवाव दिन आवश्यक

  • आइतबार, माघ २६ २०७०

अम्विका दाहाल /काठमाडौं (पहिचान) माघ २६ -समलिंगी पुरुषको हक अधिकारका लागि क्रियाशिल नील हिरा समाजको शाखा कार्यालय पिंक ट्रयाङगल नेपालले बनभोज कार्यक्रम गरेको छ । काठमाडौंको मतातिर्थमा आयोजना गरेको बनभोज कार्यक्रममा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफूमा रहेका पीडा व्यक्त गर्न बनभोज कार्यक्रम गरिएको बताइन ।
घर परिवार समाज र राज्यसँग अधिकार माग्दै आएका समलिंगी तेश्रोलिंगीको संगठित दवाव आवश्यक रहेको बताउँदै अध्यक्ष गुरुङले बनभोज कार्यक्रमले संगठन विस्तारलाई अझ थप टेवा पुग्ने बताइन । नील हिरा समाजकी उपकार्यकारी निर्देशक मनिषा ढकालले अधिकार प्राप्तीको अभियान शसक्त बनाउन बनभोज कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन । उनले समाजमा लुकेर बसेका समलिंगी तेश्रोलिंगीलाई खुलेर आउन र अधिकार प्राप्तीको अभियानमा हातेमालो गर्न आग्रह गरिन ।
वनभोज कार्यक्रममा सहभागी समलिंगी तेश्रोलिंगीले संगठन विना अधिकार प्राप्तीको अभियान सफल नहुने भन्दै हातमा हात मिलाएर संगठित दवाव दिनुपर्ने बताए । बनभोज कार्यक्रममा नाँचगान गरेर समलिंगी तेश्रोलिंगीले आफूमा रहेका पीडा भुलेका थिए । पीडा एक क्षण, एक दिन भुल्दा मन हलुको हुने वताउँदै उनीहरु आफूहरुले अधिकार नपाउँदा पाइरहेको पीडा सदाका लागि अन्त्य गर्न कानुन निर्माण हुनुपर्ने बताए । उनीहरुले देशको मुल कानुन लेख्ने थलो संविधान सभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग समेत गरे ।  बनभोज कार्यक्रममा एचआइभी एड्सको संक्रमण हुन नदिन निशुल्क कण्डम वितरण पनि गरिएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading