प्रधानमन्त्री कोइरालाको निवासमा समलिंगी तेश्रोलिंगीको धर्ना जारी

प्रधानमन्त्री कोइरालाको निवासमा समलिंगी तेश्रोलिंगीको धर्ना जारी

  • बुधबार, माघ २९ २०७०

काठमाडौं (पहिचान) माघ २९ यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेश्रोलिंगीले प्रधानमन्त्री निवासमा धर्ना जारी राखेका छन् । संविधान सभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्वको माग सहित समलिंगी तेश्रोलिंगीले प्रधानमन्त्री सुशील कोइरालाको निवासमा धर्ना जारी राखेका हुन् । संविधान सभामा दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा आफ्नो समूदायको अनिवार्य प्रतिनिधित्व गराउन धर्ना दिएको नील हिरा समाजका क्षेत्रिय कार्याक्रम संयोजक भक्ती शाहले जानकारी दिए ।
प्रत्यक्ष र समानुपातिक तर्फबाट संविधान सभामा प्रतिनिधित्व गरेका ५ सय ७५ जनामा एक जना पनि समलिंगी तेश्रोलिंगी नपरेपछि बाध्य भएर धर्नामा बस्नु परेको शाहले बताए । अघिल्लो संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तले गरेका थिए । जसले पीडा भोगेको हुन्छ उसले मात्रै अधिकार लेख्ने बताउँदै तेश्रोलिंगी मानवअधिकारकर्मी विष्णु अधिकारीले कसैले पीडा सुनेको भरमा अधिकार लेखिदिन्छ भन्ने विश्वास नलागेको बताए । ???????????????????????????????
अधिकारीले संविधानमा अधिकार लेख्नका लागि आफ्नो समूदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरे । प्रतिनिधित्व सुनिश्चित नभएसम्म धर्ना लगायतका विरोधका कार्यक्रमा जारी राख्ने अधिकारीले बताए । समलिंगी तेश्रोलिंगीले प्रधानमन्त्री सुशील कोइरालाको निवासमा सोमवारदेखि दैनिक दुई घण्टा धर्ना दिदै आएका छन् ।
हिजो मंगलवार प्रधानमन्त्री कोइरालालाई भेटेर बधाई एवं शुभकामना सहित प्रतिनिधित्व सुनिश्चित नभएसम्म धर्नामा बस्ने जानकारी क्षेत्रिय कार्यक्रम संयोजक साह र तेश्रोलिंगी मानवअधिकारकर्मी अधिकारीले गराइसकेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.