निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नील हिरा समाजको पहलमा व्यूटिसियन तालिममा तेश्रोलिंगी स्वीटी,कोइराला निवासमा धर्ना जारी

नील हिरा समाजको पहलमा व्यूटिसियन तालिममा तेश्रोलिंगी स्वीटी,कोइराला निवासमा धर्ना जारी

650
SHARES

काठमाडौं ( पहिचान) फागुन १ -समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका लागि निरन्तर संघर्ष गर्दै आएको नील हिरा समाजको दवावपछि तेश्रोलिंगी रामप्रकाश स्वीटी व्यूटिसियन तालिममा सहभागी भएकी छन् । तेश्रोलिंगी भएकै कारण स्वीटीलाई तालिम लिन नपाउने बताएको घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले यौनिक तथा लैगिंक पहिचानका आधारमा विभेद गर्न नपाइने समाजको दवावपछि तालिममा सहभागी गराएको हो । घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका प्रमूख रघुवर साहले आफूलाई पहिले तेश्रोलिंगीबारे थाहा नभएकाले गल्ती भएको बताउँदै अहिले बुझेकाले तालिममा सहभागी गराएको बताए ।
घरेलु कार्यालयले संचालन गरेको ३ महिने व्युटिसियन तालिममा छनौट भइसकेका स्वीटीलाई तेश्रोलिंगी भनेको नबुझेर तालिममा सहभागी हुने अवसरबाट वञ्चित गराएको थियो । नील हिरा समाजको शाखा कार्यालय सहयोगी समाज राजविराजका प्रमूख देवानन्द चौधरी लगायतका समलिंगी तेश्रोलिंगीले घरेलु कार्यालयका प्रमूखलाई तेश्रोलिंगी भएकै कारण तालिम लिने अवसरबाट बञ्चित नगराउन आग्रहगरेपछि साहले तालिममा सहभागी गराएका हुन् । स्वीटी तेश्रोलिंगी महिला हुन् । समलिंगी तेश्रोलिंगीलाई विभेद गर्न नहुने दवावपछि तालिममा सहभागी गराएको नील हिरा समाजको शाखा कार्यालय सहयोगी समाज राजविराजका डिआइसी म्यानेजर आशिष चौधरीले जानकारी दिए ।
समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले तेश्रोलिंगी भएकै कारण तालिम लिने अवसरबाट वञ्चित गराउनु मानवअधिकार विपरितको काम हुने भन्दै अहिले तालिममा सहभागी गराएकोमा खुशी व्यक्त गरे । तेश्रोलिंगी स्वीटीले आज विहिवारदेखि व्यूटिसियस तालिमा लिइरहेकी छिन् ।

यसैबीच कानुनमा समलिंगी तेश्रोलिंगीको अधिकार नलेखिदाँ यस्ता समस्या आइरहेको भन्दै समलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजले चौथो दिन पनि प्रधानमन्त्री सुशील कोइरालाको निवासमा धर्ना जारी राखेको छ । तेश्रोलिंगी मानवअधिकारकर्मी विष्णु अधिकारी नेतृत्वको टोलीले विहिवार पनि कोइरालाको निवास महाराजगंमा दुई घण्टा धर्ना दिएको हो । दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्वको माग गर्दै धर्ना दिएको अधिकारीले बताए ।

समाचार शेयर गर्नुहोस्
650
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.