हेटौडामा ५ जोडि समलिंगी सार्वजनिक

हेटौडामा ५ जोडि समलिंगी सार्वजनिक

  • आइतबार, फाल्गुन ४ २०७०

इन्दिरा न्यौपाने /मकवानपुर (पहिचान) फागुन ४ -मकवानपुरको हेटौडामा ५ जोडि समलिंगी सार्वजनिक भएका छन् । प्रणय दिवसका अवसरमा हेटौडामा लुकेर बसेका ५ जोडि समलिंगी सार्वजनिक भएका हुन् । पुरुष पुरुष र महिला महिलाबीच प्रेम प्रस्ताव हुने पुष्टी गर्दै समलिंगी जोडि सार्वजनिक भएका हुन् ।

मकवानपुरमा ४ हजारको हाराहारीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य रहेका छन् । प्रणय दिवसको दिन सार्वजनिक भएका उनीहरुले एक अर्कामा चोखो अनि मायाको प्रतिक भनेर चिनिने सुन्दर गुलावको फूल उपहारका रुपमा आदान प्रदान गरे । प्रणय दिवसका अवसरमा सार्वजनिक भएको समलिंगी जोडीले मायाले संसार जित्न सक्ने र प्रेम सबैका लागि बनेको सुन्दर उपहार भएको सन्देश दिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading