सुनिलवावु पन्त फेसबुकमा समलिंगी तेश्रोलिंगी उल्लेख गराउने पहिलो ( कुराकानी)

सुनिलवावु पन्त फेसबुकमा समलिंगी तेश्रोलिंगी उल्लेख गराउने पहिलो ( कुराकानी)

  • आइतबार, फाल्गुन ४ २०७०

काठमाडौ (पहिचान) फागुन ४ – के तपाईले अहिले सम्म सामाजिक संजाल फेसवुकमा आफ्नो यौनिक तथा लैगिंक पहिचान लुकाइरहनु भएको छ ? के तपाई महिला या पुरुष वाहेक आफ्नो पहिचान खुलाएर फेसवुक खोल्न चाहनुहुन्छ ? समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तको दवावपछि विश्वभर रहेका समलिंगी तेश्रोलिंगीले आफ्नो पहिचान खुलाएर फेसवुक चलाउन पाउने भएका छन् ।
समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता पन्तले फेसवुक महिला र पुरुषमा मात्र सिमित हुन नहुने भन्दै दुई बर्षअघि आफ्नो फेस वुक एकाउन्ट बन्द गरेका थिए । पन्तको दवाव पछि फेसवुकले महिला र पुरुष भन्दा फरक यौनिक तथा लैगिंक पहिचान भएकाहरुका लागि पनि आफ्नो खाता (एकाउण्ट) खोल्न सकिने व्यवस्था गरेको अधिवक्त सुजन पन्तले वताए ।
समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तको पहलमा फेसवुकमा आफ्नो यौनिक तथा लैगिंक पहिचान खुलाएर खाता (एकाउण्ट) खोल्न पाउने भएपछि नेपाल सहित विश्वभरका समलिंगी तेश्रोलिंगी खुशी भएका छन् ।
सामाजिक संजाल फेसवुकसँग दुई बर्षको लडाईपछि आफ्नो पहिचान खुलाएर पुन फेसवुकमा जोडिएका समलिंगी तेश्रोलिंगीका अभियन्ता एवं पूर्व सभासद् पन्तसँगको कुराकानी ः

यहाँ अहिले सामाजिक संजाल फेसवुकमा सहभागी हुनु भएको छ । अहिले आएर सहभागी हुनुको कारण के हो ? 

मैले करिव २ वर्षजति अगाडि फेसवुकवाट बिदा लिएको थिएं, कारण: फेसवुकसंग मेरो माग थियो, फेसवुकले ‘२भन्दा वढि लिंग छनौटगर्ने अवसर’ आफ्ना प्रयोगकर्ताहरुलाइ दिनु पर्छ भनेर, संसारमा महिला पुरुषमात्र छैनन्, तेस्रो लिंगि पनि छन्। मैले फेसवुकलाइ पत्रलेखी यो माग  (२भन्दा वढि लिंग छनौटगर्ने अबसर)राखे  र जवसम्म फेसवुकले मेरो माग पुरा गर्दैन तव सम्म फेसबुक बहिस्कार गर्ने जानकारि गरांए किनकि फेसबुकले एकातिर आफ्नो पेज दर्ता गर्दा आफ्ना पहिचानका कुनै पनि जानकारि गलत दिनु  (ढाट्न) हूदैन भनेको थियो, भने अर्कातिर जो महिला वा पुरुष छैनन् वहांहरुलाइ ढाट्न बाध्य गराएको थियो, किनकि या त महिला या पुरुष भनेर आफ्नो पहिचान गलत दिनु पर्ने वाध्यता थियो।  धेरै राष्ट्रिय अन्तराष्ट्रिय संचारमाध्यमले मेरो मागको प्रचार पनि गरे। २ दिन अघिमात्र माग पुरा भएको छ, मेलै पनि फेरि फेसवुक पुन-प्रयोगमा ल्याएको हुं।
फेसवुकमा महिला र पुरुष सहित समलिंगी तेश्रोलिंगी उल्लेख हुनु यहाँहरु जस्ता समलिंगी तेश्रोलिंगी अधिकार प्राप्तीका अभियन्ताले दिएको दवाव नै हो भन्न सकिन्छ ? 
दवावतहामी सबैको हो तर निर्णय भने फेसबुकको नैहो, फेरि फेसबुकका साझेदारहरुमा केहि ब्यक्ति ‘खुलेका’ समलिंगि छन्, http://www.quickmeme.com/meme/3pxfei वहांहरुले पनि भित्रवाट आवाज उठाएको हुनु पर्छ।
अव फेसवुकमा रहेका समलिंगी तेश्रोलिंगीलाई साथीलाई के सम्वोधन गर्दा उपयुक्त हुन्छ त ? 
फेसबुकले एक होइन दुइ होइन ५६ थरिका लींग छनौट गर्ने व्यबस्था गरेको छ, तेस्रोलिंगि, अन्य लगायत धेरै। संबोधन गर्दा पुरुषलाइ (male) उ/उस्को (he/his) ,  स्त्रिलाइ(female) उनी/उनको (she/her) or तेस्रोलिंगिलाइ(third gender) उनिहरु/उनिहरुको(they/their) भनेर संबोधन गर्ने व्यबस्था गरिएको छ।
सामाजिक संजाल फेसवुक मार्फत अधिकार प्राप्तीको अभियानलाई सशक्त बनाउन समलिंगी तेश्रोलिंगीले के के गर्न सक्छन् ?
फेसबुकजस्तो लोकप्रिय संजालमा आफ्नि सहि पहिचान सहित खुलरे आउन पाउनुले नै धेरैलाइ समलिंगी तेश्रोलिंगीको बारेमा जनचेतना फैलाउन मद्दत गर्छ। वाकि फेसबुकमा समलिंगी तेश्रोलिंगीका वारेमा संबाद गरेर, समलिंगी तेश्रोलिंगीका वारेमा थप सामाग्रि राखेर, वा अधिकारकालागि फेसबुक फेज खोलेर फेसबुक अभियान पनि चलाउन सकिन्छ।
यो पनि हेरौ 
http://www.hindustantimes.com/lifestyle/sexandrelationships/male-female-nomore-lgbt-groups-hail-fb-s-new-move/article1-1184506.aspx
https://www.facebook.com/sunil.b.pant?fref=ts

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.