पहिचान अनुसार नागरिकता नपाएको समलिंगी तेश्रोलिंगीको गुनासो

पहिचान अनुसार नागरिकता नपाएको समलिंगी तेश्रोलिंगीको गुनासो

  • आइतबार, फाल्गुन १८ २०७०

राज चौधरी (पहिचान) फागुन १८ -धनगढी नील हिरा समाजको शाखा कार्यालय धनगढीले समलिंगी तेश्रोलिंगीलाई राज्यले अहिले पनि पहिचान अनुसारको नागरिकता नदिएको गुनासो गरेको छ । पत्रकार सम्मेलन गरेर यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको पहिचान खुल्ने गरि स्थानीय प्रशासनले नागरिकता नदिएको समाजको शाखा कार्यालय धनगढीले गुनासो गरेको हो । समाजको शाखा कार्यालय धनगढीले समलिंगी तेश्रोलिंगीलाई लैंगिक पहिचान खुल्ने गरि नागरिकता दिन प्रशासन कार्यालयसँग माग पनि गरेको छ ।

प्रशासनले नागरिकता दिन्छु भने पनि व्यवहारमा उतार्न नसकेको समाजका सुदुरपश्चिम क्षेत्रिय संयोजक राजु लामाले बताए । लामाले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई उनीहरुले चाहेको लैंगिक पहिचान खुल्ने गरि नागरिकता दिन प्रशासनले आनाकानी गरेको बताउँदै पहिचान अनुसारको गरिकताका लागि पटक पटक माग गरेपनि कुनै सुनुवाई नभएको बताए ।
सुदुरपश्चिबाट अहिलेसम्म १ जना तेश्रोलिंगिले मात्र पहिचान अनुसारको नागरिकता लिएका लामाले जानकारी दिए । समलिंगी तेश्रोलिंगीले राज्यले आफुहरुलाई जहिले पनि उपेक्षा गर्दै आएको गुनासो गर्दै आएका छन् । गृह मन्त्रालयले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई लैगिंक पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरेपनि जिल्ला प्रशासन कार्यालयहरुले पहिचान अनुसारको नागरिकता दिन नचाहेको समलिंगी तेश्रोलिंगीको भनाई छ ।
यस्तै संविधान सभामा समलिंगी तेश्रोलिंगीको सहभागिता नगराएको प्रति समाजले राजनीतिक दल र सरकारको ध्यानाकर्षण पनि गराएको छ । राज्य आफुहरुको हक अधिकारका बारेमा संबेदनशिल नहुँदा आफुहरु समाजमा पीडित भएर बस्नु परेको नील हिरा समाजका क्षेत्रिय संयोजक राजु लामाले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.