तेश्रोलिंगी मोनिकालाई सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क मिनाह गर्न माग

तेश्रोलिंगी मोनिकालाई सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क मिनाह गर्न माग

  • बुधबार, फाल्गुन २१ २०७०

काठमाडौं (पहिचान) फागुन २१- नील हिरा समाजले तेश्रोलिंगीलाई सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क मिनाह गर्न सरकारसँग माग गरेको छ । समाजकी अध्यक्ष पिंकी गुरुङले संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई सम्वोधन गरेर तेश्रोलिंगी मनोज शाही मोनिकाले सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क मिनाह गर्न आग्रह गरेकी हुन् ।
अहिलेसम्म महिला र पुरुषले मात्रै सगरमाथा आरोहण गरेको उल्लेख गर्दै अध्यक्ष गुरुङले पहिलो पटक तेश्रोलिंगीले सगरमाथा आरोहण गर्न लागेकाले शुल्क मिनाह गर्न पर्यटनमन्त्री भीम आचार्यलाई आग्रह गरेकी हुन् । मन्त्रीलाई सम्वोधन गरेर लेखेको पत्र नील हिरा समाजले मन्त्रालयमा दर्ता गराएको छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्डय मन्त्रालयमा दर्ता गराएको पत्र हेर्नुहोस् ः                               
monikaa

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.