समलिंगी तेश्रोलिंगीलाई अन्य भनेर सम्वोधन गर्ने मस्यौदा तयार

समलिंगी तेश्रोलिंगीलाई अन्य भनेर सम्वोधन गर्ने मस्यौदा तयार

  • बुधबार, फाल्गुन २१ २०७०

काठमाडौं (पहिचान) फागुन २१ – सरकारले यौनिक तथा लैगिंक समूदाय समलिंगी तेश्रोलिंगीलाई अन्य भनेर सम्वोधन गर्ने मस्यौदा तयार गरेको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले तयार गरेको १० बर्षे रणनीतिक योजनामा अन्य भनेर सम्वोधन गर्ने लगायतका विषय समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
समलिंगी तेश्रोलिंगी यही देशका नागरिक हुन् महिला मन्त्रालयका सहसचिव रामप्रसाद भट्टराईले भने ः अपशव्द प्रयोग गरेर बोलाउनु हुँदैन । भट्टराईले सरकारी निकायमा समलिंगी तेश्रोलिंगीलाई रोजगारी दिने कार्यक्रम रणनीतिक योजनामा समावेश गरिएको जानकारी दिए । रणनीतिक योजनामा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको बृत्ति विकास, शिक्षा, स्वास्थ्य, रोजगारमा समान पहुँच बनाउने कार्यक्रम समावेश गरिएको भट्टराईले बताए । नील हिरा समाजका कार्यक्रम संयोजक एवं प्रमूख प्रशासक परसु राईले रणनीतिक योजना समलिंगी तेश्रोलिंगी मैत्री बनाउन आग्रह गरे ।
यस्तै नील हिरा समाजले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई रणनीतिक योजनामा समलिंगी तेश्रोलिंगीका लागि कार्यक्रम समावेश गर्न माग गरेको छ । समाजकी अध्यक्ष पिंकी गुरुङले मन्त्रालयका सचिव दिनेश अधिकारीलाई पत्र बुझाएर कार्यक्रम समावेश गर्न र बजेट विनियोजनको व्यवस्था गर्न माग गरेकी हुने । सरकारले चालु आर्थिक बर्षको बजेटमा समलिंगी तेश्रोलिंगीका लागि बजेट विनियोजन नगरेकामा मन्त्रालयको ध्यानाकर्षण गराउँदै अध्यक्ष गुरुङले बुझाएको पत्रमा राज्यबाट भइरहेको विभेद अन्त्य हुनुपर्ने उल्लेख गरिएको छ ।
महिला बालालिका तथा समाज मन्त्रालयलाई बुझाएको पत्र ः
letter to social

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.