तेश्रोलिंगी निरुतालाई नई पुरस्कार

तेश्रोलिंगी निरुतालाई नई पुरस्कार

  • शुक्रबार, फाल्गुन २३ २०७०

काठमाडौ, गौरी नेपाली (पहिचान) फागुन २३– यस वर्षको नई रामलक्ष्मी पुरस्कारबाट तेश्रोलिंगी उमेश पाण्डे निरुता सम्मानित भएकी छिन् । विहीबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक समारोहवीच पूर्व प्रधानमन्त्री किर्तिनिधि विष्ट, समाजसेवीद्वय दुर्गादेवी नेपाल र धनमाया प्रसाइले २० हजार रासीको पुरस्कार प्रदान गरेका हुन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको मानव अधिकार, यौन स्वास्थ्य र बृति विकासको क्षेत्रमा विगत १३ वर्षदेखि निरन्तर योगदान पुयाए बापत पाण्डेलाई यो पुरस्कार प्रदान गरिएको हो ।
सम्मान ग्रहण गर्दै निरुताले नील हिरा समाज स्थापनापुर्व आफ्नो घरमा समुदायका व्यक्तिहरु जमघट गर्दैै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिको अभियान प्रारम्भ गरिएको बताइन । “यो सम्मानले मलाई थप जिम्मेवारी थपेको अनुभव भएको छ ।”– निरुताले भनिन– “यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सम्मानित भएर जीवन जिउने वातावरण तपाइ हामीले बनाउनुपर्छ ।”
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा योगदान पु¥याएबापत यसै समुदायका एक व्यक्तिलाई हरेक बर्ष यो पुरस्कार प्रदान गर्ने गरिन्छ । पहिलो पटक २०६६ सालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद सुनिलबाबु पन्तलाई नइ रामलक्ष्मी पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसपछि क्रमशः २०६७ मा नील हिरा समाजकी उपनिर्देशक मनिषा ढकाल, २०६८ मा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र २०६९ मा तेश्रोलिंगी मानव अधिकारकर्मी भुमिका श्रेष्ठ यो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
पाण्डेसगैँ विविध क्षेत्रमा समर्पित राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका दश प्रतिभालाई २०७० सालको नइ पुरस्कारबाट सम्मान गरिएको छ । नइ प्रकाशनका सदस्य सचिव नेरेन्द्रराज प्रसाइले नइ प्रकाशन गुठीमा १ करोड १५ लाख रुपैयाँ अक्षयकोष रहेको बताउदै यसको ब्याजबाट देशदेशान्तरका २५ जनालाई नइ प्रकाशनले हरेक बर्ष तीन चरणको गरेर ११ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्दै आएको जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.