समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता पन्त नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा

समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता पन्त नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा

  • शुक्रबार, फाल्गुन २३ २०७०

काठमाडौं (पहिचान) फागुन २३ -यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिल बाबु पन्त नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । विश्वकै सर्वोत्कृष्ट पुरस्कार मानिने नोबेल शान्ति पुरस्कारमा मनोनयनमा परेका २ सय ७८ जना मध्ये पन्त पनि परेका हुन् । यो विधामा रसियाका इगोर कोचेकोभ, युगाण्डाबाट फ्रान्क मुगिसा, नेपालबाट सुनिलवावु पन्त र अन्तराष्ट्रिय लेसवियन, गे, बाइसेक्सुयल, ट्रान्स र इन्टरसेक्स एसोसिएसन परेका छन् ।

नोबेल शान्ति पुरस्कारको आधिकारिक साइटमा यो वर्ष २ सय ७८ जनाको नाम सिफारिस भएको उल्लेख छ । नोबेल पुरस्कारका लागि मनोनयनमा पर्नेको नाम सार्वजनिक गरिँदैन । कुनै पनि देशको सरकार, सांसदहरु, पुरस्कार पाइसकेका व्यक्ति, संस्थाले भने नोबेल पुरस्कारका लागि जो कोहीलाई पनि सिफारिस गर्न सक्छन् । त्यही सुविधा अनुसार नर्वेका सांसदहरुले पन्तलाई सिफारिस गरेका हुन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको अधिकारका क्षेत्रमा विशेष योगदान पुर्याएकाले नर्वेका सभासद्हरुले नेपालबाट पन्तको नाम पुरस्कारका लागि मनोनयन गर्न सिफारिस गरेका हुन् । पुरस्कार आउँदो अक्टोवर महिनामा घोषणा गरिनेछ ।
यो खबरका बारेमा सुरुमा विश्वास नलागेपनि धेरैले बधाइ तथा शुभकामना दिएपछि पत्यार लागेको पन्तको भनाई छ । पन्त समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान संचालन गर्न सन् २००१ मा स्थापना भएको नील हिरा समाजका संस्थापक अध्यक्ष समेत हुनु । यस्तै पन्त समलिंगी तेश्रोलिंगी समुदायबाट राजनीतिमा खुला रुपमा प्रस्तुत हुने पहिलो व्यक्ति हुनु । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानकी मलाला युसुफजाई पनि मनोनयनमा परेका छन् ।  पन्तले हामी समग्र प्रेमको पक्षमा वकालत गर्छौ र प्रेमले नै शान्ति स्थापना हुन्छ भनेका छन् । पन्त अहिले बेलायतमा छन् ।
पन्तको इमेल
पहिला त यो खवर पाउंदा विश्वास लागेको थिएन, तर नर्बेका साथिहरुलाइ सोध्दा हो भनेकाले खुसि पनि, लागेको छ, यो ९नोवेल शान्ति पुरस्कारका लागि मनोनयनमा पर्नु० हामी सबैकालागि ठूलो कुरा हो। नर्वेको सभासदहरुले नोवेल शान्ति पुरस्कारका लागि मेरो मनोनयन गरेको भन्ने खवर छ। हामी ूसमग्र प्रेमको पक्षमा वकालतू गर्छौं र प्रेमले ले नै शान्ति स्थापना हुन्छ, यसरि हेर्दा हाम्रो मनोनयन उचित छ। बैध्य बा ९परिचय समाजकी बैध्य आमाले० भन्ने त गर्नु हुन्थ्यो तर आशा नगरेको कुरा हुंदा अचम्म र खुसि दुबै लागेको छ। य़ति नै ठूलो कुरा हो, अन्तमा पुरस्कारको भने आशा गरेको छैन। सबैमा धेरै माया।
सुनिल पन्त

नोवेल पुरस्कार सम्वन्धी थप समाचार :
http://www.hindustantimes.com/world-news/nepali-gay-rights-activist-nominated-for-nobel-peace-prize/article1-1192154.

http://nobelpeaceprize.org/en_GB/nomination_committee/nominations-2014/

http://www.abovetopsecret.com/forum/thread1000766/pg1

http://www.morningstar.co.uk/uk/news/AN_1394015116434019300/nominations-for-2014-nobel-peace-prize-rocket-to-278.aspx

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.