समलिंगी तेश्रोलिंगीले “एक्स” उल्लेख गरेर एमआरपी पाउने

समलिंगी तेश्रोलिंगीले “एक्स” उल्लेख गरेर एमआरपी पाउने

  • मंगलबार, फाल्गुन २७ २०७०

काठमाडौं (पहिचान) फागुन २७ -सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीलाई लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी दिने भएको छ । परराष्ट्र मन्त्रालय राहदानी विभागले लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी पासपोर्ट दिने भएको हो । विभागका महानिर्देशक रमेश खनालले लिंगको महलमा यौनिक तथा लैगिंक पहिचान उल्लेख गर्न परराष्ट्र मन्त्रालयबाट पत्र आएकाले अव छिट्टै पहिचान अनुसारको एमआरपी वितरण गर्ने जानकारी दिए ।
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेश्रोलिंगीलाई लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी वितरण गर्न महानिर्देशक खनाललाई अनुरोध गरेकी थिइन । गुरुङले महानिर्देशक खनाललाई पत्र लेखेर पहिचान लुकाएर एमआरपी लिनुपर्ने अवस्था अन्त्य गर्दै लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी वितरण गर्न आग्रह गरेको नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परशु राईले जानकारी दिए ।
नील हिरा समाजको अनुरोध अनुसार अव एमआरपीमा एक्स उल्लेख गरेर वितरण गर्ने प्रक्रिया सुरु हुने राहदानी विभागका महानिर्देशक खनालले जानकारी दिए । ‘मेरै कार्यकालमा समलिंगी तेश्रोलिंगीलाई पहिचान सहितको राहदानी एमआरपी वितरण हुनेछ’, महानिर्देशक खनालले भने ‘पहिचान लुकाएर एमआरपी लिनुपर्ने अवस्थाको छिट्टै अन्त्य हुनेछ ।’
अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले एमआरपी वितरण गर्दा मेल, फिमेल र एक्स उल्लेख गर्न सकिने व्यवस्था गरेकाले एक्सनै उल्लेख गरेर समलिंगी तेश्रोलिंगीलाई राहदानी वितरण गर्न पनि आग्रह गरेको समाजकी अध्यक्ष गुरुङले जानकारी दिइन ।
विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारको मनोनयनमा परेका समलिंगी तेश्रोलिंगीको अधिकारप्राप्तीका अभियन्ता तथा पूर्व सभासद सुनिलबाबु पन्तले सरकारले यौनिक तथा लैंगिक पहिचान अनुसारको राहदानी उपलब्ध गराउने निर्णय गरेकोमा त्यसको स्वागत गरे । पन्तले समलिंगी तेश्रोलिंगीको अधिकारको क्षेत्रमा यो निर्णय एउटा कोशेढुंगा सावित हुने बताए । यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकार प्राप्तीका लागि विशेष योगदान पुर्याएको भन्दै नर्वेका सभासद्को सिफारिसमा पन्त नोवेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.