प्रेस युनियन ललितपुरमा तेश्रोलिंगी शाह सदस्यमा निर्वाचित

प्रेस युनियन ललितपुरमा तेश्रोलिंगी शाह सदस्यमा निर्वाचित

  • आइतबार, चैत्र २ २०७०

काठमाडौं (पहिचान) चैत २ -नेपाल प्रेस युनियन ललितपुर जिल्ला कार्य समिति सदस्यमा तेश्रोलिंगी भक्ती शाह निर्वाचित भएका छन् । नेपाली काँग्रेस निकटको प्रेस युनियन जिल्ला कार्य समिति ललितपुरको सदस्यमा शाह निर्वाचित भएका हुन् । पहिचान रेडियो कार्यक्रम र बाँकेबाट प्रकाशित हुने कोहलपुर टाइम्समा समाचार संकलनको काम गर्दै आएका तेश्रोलिंगी शाह प्रेस युनियन ललितपुर जिल्ला कार्य समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
जानुका बरालको अध्यक्षता ९ सदस्यीय समितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएकोमा शाहले खुशीसँगै जिम्मेवारी थपिएको प्रतिक्रिया दिएका छन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगी र श्रमजिवी पत्रकारको हक अधिकारका लागि सँगसँगै वकालत गर्ने शाहको भनाई छ । तेश्रोलिंगीलाई कार्य समितिमा राखेर प्रेस युनियनले आफ्नो समूदायको सम्मान गरेको भन्दै शाहले आफ्नो सहभागिताले समलिंगी तेश्रोलिंगी पत्रकारका लागि प्रेस युनियनले ढोका खुल्ला गरेको बताए । शाहले सत्यमा आधारित निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
पहिचान रेडियो कार्यक्रम र पहिचान डट कमबाट तेश्रोलिंगी विष्णु अधिकारी र पहिचान सहकर्मी गौरी नेपाली तथा अम्विका दाहालले नेपाल पत्रकार महासंघको सदस्यता पाइसकेका छन् । अधिकारी, नेपाली र दाहालले नेपाल पत्रकार महासंघ अन लाइन पत्रकार संघ शाखाको सदस्यता पाएका हुन् । अनलाइन पत्रकार संघको साधारण सभा चैत ८ गते काठमाडौंमा हुँदैछ । नेपाल पत्रकार महासंघ र प्रेस युनियनमा समलिंगी तेश्रोलिंगीले पहिचान खुलाएर सदस्यता पाएको यो पहिलो हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.