समलिंगी तेश्रोलिंगीलाई भित्राउन पाउनु एमालेको सौभाग्य ः मानन्धर

समलिंगी तेश्रोलिंगीलाई भित्राउन पाउनु एमालेको सौभाग्य ः मानन्धर

  • सोमबार, चैत्र १० २०७०

काठमाडौं (पहिचान) चैत १०- नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य रामवीर मानन्धरले समलिंगी तेश्रोलिंगीलाई नेकपा एमालेले आफ्नो पार्टीमा भित्राउन पाउनु सौभाग्य भएको बताएका छन् । रेडियो कार्यक्रम पहिचान सँग कुरा गर्दै मानन्धरले अब नेकपा एमालेले समलिंगी तेश्रोलिंगीलाई संविधानसभामा पुर्याउनु पर्नेमा जोड दिए । मानन्धरले समलिंगी तेश्रोेलिगीका अधिकार संविधानमै उल्लेख गर्न संविधानसभामा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगी समुदायलाई संविधानसभामा पुर्याउन एमालेले अझै पहल गर्ने प्रतिबद्धता जनाए ।
तपाइको पार्टी एमालेले सुरुमा समलिंगी तेश्रोलिंगीलाई औपचारिक रुपमा कार्यक्रम आयोजना गरेर संविधानसभामा प्रतिनिधित्व गराउने तथा पार्टीका हरेक निकायमा सम्मानजनक प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको थियो तर त्यो प्रतिबद्धता त पुरा भएन नि ? भन्ने जिज्ञासामा संविधानसभा सदस्य मानन्धरले अझै पनि संविधानसभामा २६ जना सदस्य मनोनयन गर्न बाँकी रहेको भन्दै केही समय पर्खन आग्रह गरे ।
अझै पनि समलिंगी तेश्रोेलिंगीले अधिकार पाउन नसकेको स्वीकार गर्दै मानन्धरले उनीहरुको अधिकारको लागि आँफुले पनि संविधानसभामा पहल गर्ने प्रतिबद्धता जनाए । मानन्धरले सबैका अधिकार लेखिएको संविधान तोकिएको एक बर्षमै जारी गर्न सबै दल मिल्नुको बिकल्प नभएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.