सधै मौन बसिरहन्छन भनेर नसोच्न राजनीतिक दल र सरकारलाई समलिंगी तेश्रोलिंगीको चेतावनी

सधै मौन बसिरहन्छन भनेर नसोच्न राजनीतिक दल र सरकारलाई समलिंगी तेश्रोलिंगीको चेतावनी

  • सोमबार, चैत्र १० २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.10067266512require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10207332056include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) चैत १० -यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगी समूदायले अधिकार प्राप्तीको अभियान अझै सशक्त बनाउने बताएका छन् । घर, परिवार, समाज र राज्यमा महिला पुरुष सरह समान अधिकारका लागि आफूहरुको अभियान अझै सशक्त बनाउने उनीहरुको भनाई छ । नील हिरा समाजले मानवअधिकार अधिकृतहरुलाई दिएको एक दिने तालिममा सहभागी देशभरका समलिंगी तेश्रोलिंगीले अधिकार प्राप्तीको अभियानमा सहयोग गर्न सबैसँग अपिल समेत गरेका छन् ।

नील हिरा समाजको १४ बर्षको अभियानमा समलिंगी तेश्रोलिंगीलाई अन्य उल्लेख गरेर नागरिकता दिने ब्यबस्था हुनु, एक्स उल्लेख गरेर एमआरपी पासपोर्ट दिने प्रक्रिया अघि बढ्नु उपलव्धीमुलक भएको तालिममा सहभागी समलिंगी तेश्रोलिंगीले बताए । समलिंगी तेश्रोलिंगीका लागि कम्युनिटि सेन्टर बन्नु, इन्सेक, मानवअधिकार आयोग जस्ता संस्थाले नील हिरा समाजसँग सहकार्य गर्न थाल्नु र कक्षा ६, ७ र ८ को पाठ्यक्रममा तेश्रोलिंगी संबन्धी बिषय समेटिनु १४ बर्षको उपलव्धी भएको समलिंगी तेश्रोलिंगीको भनाई छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको १० वर्षे रणनीतिक योजनामा समलिंगी तेश्रोलिंगीको बिषय समाबेश हुनु, साहारा परियोजना नेपालमा सञ्चालन हुन पाउनु, विश्व प्रसिद्ध नोवल शान्ति पुरस्कारका लागि सुनिलबाबु पन्त मनोनयनमा पर्नु नील हिरा समाजको उपलव्धी भएको तालिममा सहभागी समलिंगी तेश्रोलिंगीले बताए ।

यस्तै नील हिरा समाजका देशभर ५३ वटा शहरमा शाखा कार्यालय स्थापना भएको सरकारी निकायले समलिंगी तेश्रोलिंगीका लागि बजेट विनियोजन गर्न थालेको र नील हिरा समाजका कार्यक्रममा अन्य समुदायको उपस्थिति बढ्दै गएकाले अधिकार प्राप्तीको अभियान अझै सशक्त बनाउने समलिंगी तेश्रोलिंगी मानवअधिकार अधिकृतहरुले प्रतिवद्धता जनाएका छन् । तालिममा नील हिरा समाजकी मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठले संविधान लेख्ने थलो संविधानसभामा आफ्नो समूदायको प्रतिनिधित्वका लागि निरन्तर दवाव दिइरहेको बताइन । संविधानसभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व गराउन निरन्तर दवाव दिइएको छ श्रेष्ठले भनिन्, दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनुपर्छ । श्रेष्ठले अहिलेसम्म आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको बताउँदै सधै मौन बसिरहन्छन भनेर नसोच्न राजनीतिक दल र सरकारलाई चेतावनी दिइन । अघिल्लो संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेका थिए । दोश्रो संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व शुन्य छ । ???????????????????????????????

मानवअधिकार सम्बन्धी तालिममा सहभागी अनिषा भुजेलले सुरुसुरुमा कार्यक्रममा सहभागी हुन आग्रह गर्दा कोही नआउने गरे पनि अहिले एक जनालाई बोलाउँदा चार÷पाँज जना सम्म आउने गरेको बताइन । भुजलेले यो आफूहरुको उपलब्धी भएको बताइन । यस्तै सहभागीहरुले स्थानीय निकाय नगरपालिका तथा जिविसहरुले पनि केही बजेर छुट्याउन थालेको तथा सिपमुलक तालिममा सहभागी गराउन थालेको भन्दै सरकारी निकायप्रति आभार प्रकट गरे  । तर, सरकारी निकायको यो सहयोग अन्त्यन्तै न्यून रहेको उनीहरुको गुनासो छ । तालिममा सहभागी समलिंगी तथा तेश्रोेलिंगीहरुले आआफ्नो क्षेत्रमा अहिलेसम्म प्राप्त उपलब्धि प्रस्तुत गरेका थिए । नीलहिरा समाजकी मानबअधिकार बिभाग प्रमुख भूमिका श्रेष्ठले समलिंगी, तेश्रोेलिंगी, अन्तरलिंगी, दुईलिंगी सबै यौनिक अल्पसंख्यक एकत्रित भएमात्र अधिकारका लागि लड्न सजिलो हुने बताईन् । उनले भनिन्, “तपाई हामी सबै समान हौं, कसैको पोष्ट ठूलो होला कसैको सानो त्यो फरक कुरा हो तर, अधिकारका लागि लडिरहेका तपाई हाम्रो जिम्मेवारी उही सबैको जिम्मेवारी समान छ । यसमा केन्द्रित भएर जिम्मेवार भएर लाग्नुस् ।”

???????????????????????????????तेश्रोलिंगी विष्णु अधिकारीले अधिकारप्राप्तीको अभियानमा सबै एकजुट हुनुको विकल्प नभएको बताए । विवाद गरेर होइन, आपसमा रहेका मनमुटाव त्यागेर एकढिक्का भएर अभियान सशक्त बनाउनुको विकल्प नरहेको तेश्रोलिंगी अधिकारीको भनाई छ । तालिममा अधिवक्ता प्रेम वहादुर थापा र सुजन पन्तले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका लागि कानुनी लडाई जारी रहेको बताए । खुलेर आउनुहोस्, पहिचान अनुसारको नागरिकता, पासपोर्ट लिनुहोस सरोकारवाला निकायले असहयोग गरे कानुनी लडाईका लागि हामी तयार छौ थापा र पन्तले भने, अधिकार लिन नडराउनुहोस् ।

नील हिरा समाजले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्त विश्व प्रसिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयनमा परेकाबारे चैत ११ गते पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ । यस्तै तेश्रोलिंगी मनोज शाही मोनिकाले चैत ११ गतेनै सगरमाथा चढ्ने घोषणा गर्ने र सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्न सरकारसँग पत्रकार सम्मेलन मार्फत माग गर्ने समाजले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading