तेश्रोलिंगीलाई निशाना बनाएर धरपकड भइरहेकोमा शाहको आपत्ती

तेश्रोलिंगीलाई निशाना बनाएर धरपकड भइरहेकोमा शाहको आपत्ती

  • शुक्रबार, चैत्र २८ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09707257688require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09827323232include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

इन्दिरा न्यौपाने /मकवानपुर पहिचान) चैत २८ – नील हिरा समाजको शाखा कार्यालय फ्रेण्ड्स हेटौडाले यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्दालाई आगामी संविधानमा लेख्नुपर्नेमा जोड दिएको छ । फे्रण्ड्स हेटौडाले हेटौडामा पत्रकारसँग गरेको छलफलमा पाँच लाख भन्दा बढी समलिंगी तेश्रोलिंगीको अधिकार सुनिश्चित गर्न संविधान सभामा यौनिक अल्पसंख्यकको तर्फबाट अनिवार्य प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइएको छ ।

नील हिरा समाजमा कार्यरत तेश्रोलिंगी मानवअधिकारकर्मी एवं क्षेत्रिय कार्यक्रम संयोजक भक्ती शाहले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अझै समाजमा खुलेर आउन अप्ठेरो रहेको बताए । यसबारे सञ्चार माध्यमले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने क्षेत्रिय कार्यक्रम संयोजक शाहको भनाई छ । यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्यालाई राज्यले वेवास्ता गरेको बताउदै समलिंगी तेश्रोलिंगी भएकै कारण गरिने विभेदको अन्त्य जरुरी भएको शहले बताए ।

अझै समाजले तेश्रोलिंगीलाई फरक दर्जाको नागरिक सरह व्यवहार गरेको बताउदै शाहले नील हिरा समाजले समलिंगी तेश्रोलिंगी माथि हुने विभेद अन्त्य गर्ने कार्यक्रम संचालन गरिरहेको जानकारी दिए । यौनिक तथा लैगिंक अल्पसंख्यक आफ्नो रोजीरोटीकै लागि यौन व्यवसायमा संलग्न हुनुपरेको तितो यथार्थ रहेको बताउदै शाहले प्रहरीले उनीहरुलाइ नै निशाना बनाएर धरकपड गरिरहरेकोमा आपती जनाए ।

कार्यक्रममा तेश्रोलिंगी मानवअधिकारकर्मी अमित अधिकारीले यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्दालाइ सबै पक्षले सुनुवाइ गनुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकारहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा आफुहरुले निष्पक्ष भएर पीडितकै पक्षमा कलम चलाउने प्रतिवद्दता जनाएका थिए । नील हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार स्थापित गर्न राज्यले नै जनचेतना अभिबृद्दिको अभियान संचालन गर्नुपर्ने माग गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading