स्रोत परिचालन सम्वन्धी महासंघको प्रशिक्षण

स्रोत परिचालन सम्वन्धी महासंघको प्रशिक्षण

  • बुधबार, बैशाख ३ २०७१

गौरी नेपाली /काठमाडौं (पहिचान) बैशाख ३ -यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासघं नेपालले काठमाडौंमा महासंघमा आबद्ध सदस्य सस्ंथाहरुको सबलीकरणका लागि दुई दिने स्रोत परिचालन सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपालभरका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने १६ वटा संस्थाका १७ जना नेतृत्व तहका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
संस्थाको विद्यमान स्रोतहरुको पुनरावलोकन गर्न, संभावित स्रोतहरु पहिचान गर्न, अर्थ संकलनका लागि आवश्यक सीप विकास गर्न र स्रोत परिचालनका लागि कार्ययोजनाको विकास गर्न यस किसिमको प्रशिक्षण आयोजना गरिएको महासंघले जानकारी दिएको छ ।
दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा सहभागीहरुले आफ्ना संस्थामा कसरी स्रोत परिचालनको अभ्यास गरिएको छ र स्रोत परिचालनमा के कस्ता समस्याहरु आएका छन भन्ने विषयमा छलफल गर्नेछन ।10170818_740313575992588_6848486893738730561_n
योसँगै संस्थालाई सफल तरिकाले सञ्चालन गर्न स्रोतहरुको खोजी गर्ने र संस्थामा भित्र्याउने विविध उपायहरु सहभागीहरुले सिक्नेछन् । संस्थाको दिगो विकासका लागि स्रोत परिचालन सीप अति आवश्यक रहेको भन्दै संस्थाले यो किसिमको प्रशिक्षण समय समयमा गर्दै आइरहेको जनाएको छ । यो तालिमपछि सहभागी संस्थाहरुमा अझ बढी स्रोत पुनरावलोकन, पहिचान, व्यवस्थापन तथा सही परिचालन हुने अपेक्षा महासंघको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपाल सन २००७ सालमा स्थापना भई यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा काम गर्ने संस्थाहरुको छाता संगठनको रुपमा काम गर्दै आएको छ ।
यसले आफ्ना सदस्य सस्ंथाहरुको क्षमता विकास, संस्था सबलीकरण र सञ्जालीकरणका काम गर्दै आएको छ । महासंघमा अहिले चालिस समुदायमा आधारित संस्थाहरु आबद्ध रहेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading