जीवन उपयोगी सीपका पाँच मुल मन्त्र

जीवन उपयोगी सीपका पाँच मुल मन्त्र

  • आइतबार, बैशाख १४ २०७१

गौरी नेपाली /काठमाण्डौ (पहिचान) बैशाख १४- बुझौ यसरी, सर्वोकृष्ट हाम्रो जीवन जिऔ यसरी, ज्ञान मात्र भएर पुग्दैन, सीप नभए जीवन चल्दैन, सम्झौ यसरी भेदभाव हटाउन बढौ अगाडी…. । हो सीप नभए जीवन चल्दैन । सीप नभए रोजगारी पाउन पनि मुश्किल छ । त्यसैले समलिंगी तेस्रोलिंगीलाई यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालले जीवन उपयोगी सीप विकास तालिम दिएको छ । महासंघले नेपालका विभिन्न क्षेत्रका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने संस्थाहरुमा साथी शिक्षकको काम गर्दै आएका समलिंगी तेस्रोलिंगीलाई जीवन कसरी सफल तरिकाले अगाडी बढाउन सकिन्छ भनेर एक दिने तालिम दिएको हो ।
“तेस्रोलिंगी भएका कारण घर, परिवार र समाजले राम्रो व्यवहार नगर्दा पीडा भोग्न बाध्य समलिंगी तेस्रोलिंगीलाई मानवको व्यवहार गर्न महासंघले जनचेतना मुलक कार्यक्रम पनि संचालन गर्दै आएको छ । तालिममा सहभागी मानव सचेत समाजकी साथी शिक्षक यलिसा गुरुङले आफ्नो नमिठो विगत सम्झदै भनिन– “दुई वर्ष अगाडीसम्मको मेरो जीवन रक्सीको नसामा चुर्लुम्म डुवेको थियो । जब मैले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा काम गर्ने संस्था मानव सचेत समाजका बारेमा थाहा पाए र म त्यहाँ गए तव मैले मेरो पीडा महशुस गर्न सक्ने साथीहरु भेटे । उनीहरुसँग नै मैले मेरो पीडाहरु भन्न थाले । गुरुङले भनिन, त्यसपछि मेरो पीडामा केही राहत भएको महशुस भयो । अहिले मेरो जिवनशैली विस्तारै सकारात्मक परिवर्तनतिर गइरहेको छ ।”
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अहिले पनि विभेदमा परिरहेको छ । यो विभेदका कारण उनीहरुमा प्रशस्त मानसिक चिन्ता देखिने गर्छ । समलिंगी तेस्रोलिंगीले यहि चिन्ताका कारण आफुमा भएको क्षमताको प्रयोग समेत गर्न सकिरहेका छैनन् । तेस्रोलिंगी उमेश पाण्डेले “जीवनका महत्वपुर्ण समयहरु कुलत र गलत संगतमा वितेको तितो यथार्थता सुनाए । पाण्डे भने, यसले गर्दा क्षमता भएर पनि त्यसको उपयोग गर्न सकिएन । समयक्रमले मलाई आत्मव्यवस्थापन तर्फ प्रेरित गरेको छ । म अहिले मेरो स्वास्थ्य र जीवनशैलीप्रति सचेत छँु ।”
विभिन्न अध्ययनका अनुसार तनावलाई व्यवस्थापन गर्न सकिएन भने आत्महत्या सम्म पुगिने संभावना धेरै हुन्छ । विश्वमा धेरै मानिस तनावकै कारणले गरेर रोगी समेत भइरहेका छन् । साना साना समस्या समयमै समाधान गर्न नसक्दा यसले ठुलो र जटिल समस्या निकाल्न सक्ने भएकाले सफल जीवन जिउन महासंघले जीवनोपयोगी सीप सिकाएको हो । जीवन जिउन पनि सीप चाहिन्छ भन्दै सहभागीलाई सकारात्मक चिन्तन दिदै सहजकर्ता गौरीशंकर पाण्डेले भने–“समस्या भनेको सृजनाको श्रोत हो । समस्या परेपछि मात्र मानिसले समाधानका लागि अनेक सृजनात्मक विचार गर्न थाल्छ । त्यसैले समस्या विनाको जीवन निरर्थक हुन्छ ।”??????????
जीवन उपयोगी सीपका पाँच मुल मन्त्र निर्णय गर्ने र समस्या समाधान, समालोचनात्मक र सिर्जनात्मक सोच, प्रभावकारी सञ्चार, आत्मजागरण, तनाव र संवेग व्यवस्थापन जस्ता कुरामा सही तरिकाले प्रयोग गरे जीवन सफल हुने बताउदै सहजकर्ता परशुराम राईले भने –“मानिस गर्भमा हुदाँ नै लाखौ शुक्रकिटहरुसगँ युद्ध गरेर जितेर आएको हुन्छ भने एउटा जीवनमा आएका चुनौतीहरुसगँ मानिसले हरेस खानु हुदैन ।”
विश्व स्वास्थ्य संगठनले जीवन उपयोगी सीपलाई प्रभावकारी सञ्चार सीप, निर्णय र समालोचनात्मक सोचाइ सीप र आत्मव्यवस्थापन सीप गरी तीन भागमा विभाजन गरि यस अन्तर्गत विभिन्न सीपहरु निर्धारण गरिदिएर जीवनमा सफलताको लागि तिनै सीपको प्रयोग गर्नुपर्ने भनेको छ । यिनै सीपलाई तालिममा सहभागीले गीत, नृत्य, अभिनय, छलफल, आदि जस्ता विधिमार्फत अभ्यास पनि गरे । साथी शिक्षकले समाजमा जनचेतना फैलाउन महत्वपुर्ण भुमिका खेलेको हुन्छ । यिनै समाज परिवर्तनका संवाहकलाई जीवनमा सकारात्मक सोच राख्ने, आशावादी बनाउने र आत्मव्यस्थापनका लागि तयार गराउने उद्देश्यले महासंघले समयसमयमा महासंघमा आबद्ध आफ्ना सदस्य संस्थामा काम गर्ने कर्मचारीका लागि यस्तो तालिमको आयोजना गर्दै आएको छ । यो सँगै महासंघले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका किशोरकिशोरीलाई जीवन उपयोगी सीप सिकाइ उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन “हाम्रो सवाल हाम्रो सहभागिता” नामक कार्यक्रम पनि पाँच जिल्लामा सञ्चालन गरिरहेको महासंघले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading