समलिंगी तेस्रोलिंगीको बृद्धाश्रम निर्माणका लागि बजेट विनियोजन गर्न माग

समलिंगी तेस्रोलिंगीको बृद्धाश्रम निर्माणका लागि बजेट विनियोजन गर्न माग

  • सोमबार, बैशाख १५ २०७१

काठमाडौं (पहिचान) बैशाख १५- नील हिरा समाजले समलिंगी तेस्रोलिंगीका लागि बृद्धाश्रम निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न अर्थमन्त्रीसँग माग गरेको छ । अर्थमन्त्री डाक्टर रामशरण महतलाई पत्र लेखेर समाजले बृद्धाश्रम निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेको हो । समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रोलिंगी बृद्धबृद्धालाई बासस्थानको व्यवस्थाका लागि आर्थिक बर्ष २०७१।०७२ को बजेट वक्तव्य मार्फत आवश्यक रकम विनियोजन गर्न माग गरेकी हुन् ।

अध्यक्ष गुरुङले जन्म दिने आमा र जन्म दिने बाबुबाटै विभेदमा परेका समलिंगी तेस्रोलिंगीलाई वृद्ध हुँदा बस्ने व्यवस्थाका लागि बृद्धाश्रम निर्माण गर्न लागेको जानकारी गराउँदै बजेट विनियोजन गर्न माग गरेकी हुन् । अध्यक्ष गुरुङको हस्ताक्षर भएको पत्र नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परसुराम राईले अर्थमन्त्राय सिंहदरवार बुझाएका हुन् ।

अर्थमन्त्री डाक्टर रामशरण महतलाई सम्वोधन गरेर बुझाइएको पत्रमा समलिंगी तेस्रोलिंगीका लागि बृद्धाश्रम निर्माण गर्न आवश्यक बजेट बजेट विनियोजन गर्न अर्थमन्त्री ज्यूलाई आग्रह गर्दछौ भनिएको छ । समाजले अर्थमन्त्रालयबाट आउँदो आर्थिक बर्ष २०७१।०७२ को बजेटमा समलिंगी तेस्रोलिंगीको बृद्धाश्रम निर्माण गर्नका लागि बजेट विनियोजन हुने आशा समेत राखेको छ ।

अर्थमन्त्री डाक्टर रामशरण महतलाई बुझाएको पत्र ःletter to Finance minister

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading