संविधानसभामा प्रतिनिधित्व नगराए चुप लागेर नबस्ने

संविधानसभामा प्रतिनिधित्व नगराए चुप लागेर नबस्ने

  • बुधबार, बैशाख २४ २०७१

काठमाडौं (पहिचान) बैशाख २४ -समलिंगी तेस्रोलिंगीले संविधानसभामा मनोनित गर्ने २६ जनामा आफूहरुको प्रतिनिधित्व नभए चुप लागेर नबस्ने चेतावनी दिएका छन् । उनीहरुले नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको पार्टी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउँदै संविधानसभामा आफूहरुको प्रतिनिधित्व नभए चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । नयाँ संविधान लेख्ने थलो संविधानसभालाई समावेशी बनाउन आफूहरुको प्रतिनिधित्व हुनुपर्ने समलिंगी तेस्रोलिंगीको माग छ ।
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा संविधानसभाको चुनावमा समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व गराउने आश्वासन दिएका राजनीतिक दलहरुले प्रतिनिधित्व नगराएर धोका दिएको उल्लेख छ । अहिलेसम्म शान्तिपूर्ण दवाव दिदाँ सुनुवाई नभएको भन्दै समलिंगी तेस्रोलिंगीले अव चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।
नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परसु राई, मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठ, क्षेत्रिय कार्यक्रम संयोजक भक्ती शाह र राजेश लामाले मूख्य तीन दलको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको नील हिरा समाजले जनाएको छ । नील हिरा समाजले विगत १४ बर्षदेखि यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियान संचालन गर्दै आएको छ ।
विघठित संविधानसभामा समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेका थिए । दोश्रो संविधानसभामा एक जना पनि समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व नभएपछि दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा आफुहरुको पनि प्रतिनिधित्व गराउन दलहरुलाई उनीहरुले दवाव दिदै आएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.