अमिताभ बच्चनलाई सुनिलबाबु पन्तको पत्र

अमिताभ बच्चनलाई सुनिलबाबु पन्तको पत्र

  • बिहिबार, जेष्ठ १ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0000461632{main}( ).../index.php:0
20.0001567152require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.13156975248require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.13536999832include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) जेठ १ -समलिंगी तेस्रोलिंगी समुदायको अधिकार प्राप्तिका अभियन्ता तथा पूर्व सभासद सुनिलबाबु पन्तले भारतका चर्चित कलाकार अमिताभ बच्चनलाई कौन बनेका करोडपति कार्यक्रम समावेशी बनाउन माग गरेका छन् । अमिताभ बच्चनलाई पत्रमार्फत पन्तले कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको पनि सहभागिता सुनिश्चित गर्न अनुरोध गरेका हुन् । सोनी टेलिभिजनबाट आउने कार्यक्रमको आठौं संस्करणमा सहभागिताका लागि खोलिएको आवेदनमा महिला र पुरुष मात्र उल्लेख भएको भन्दै यसले समलिंगी तेस्रोलिंगी समुदायलाई नै दुःखी तुल्याएको पन्तले लेखेको पत्रमा उल्लेख छ । भारतको सर्वोच्च अदालतले गएको अप्रिल १५ तारिखमा समलिंगी तेस्रोलिंगी समुदायलाई पनि अरु नागरिकसरह अधिकार दिनुपर्ने फैसला गरिसकेको अवस्थामा चर्चित टेलिभिजन कार्यक्रममा पनि यसको कार्यान्वयन हुनुपर्ने पन्तको माग छ ।
पन्तले अमिताभ बच्चन र कौन बनेगा करोडपति जस्तो प्रख्यात कार्यक्रममा समलिंगी तेस्रोलिगीलाई समावेश गरेर दक्षिण एसिया र विश्वमा लैगिक तथा यौनिक अल्पसंख्यक समुदायका बारेमा रहेका भ्रामक कथन तथा पूर्वाग्रहबारे जनचेतना जगाउन भूमिका खेल्न आग्रह समेत गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading