समलिंगी तेस्रोलिंगीमैत्री अध्यागमनपत्र कार्यान्वयनमा

समलिंगी तेस्रोलिंगीमैत्री अध्यागमनपत्र कार्यान्वयनमा

644
SHARES

काठमाडौं (पहिचान) जेठ ५ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अध्यागमन पत्रलाई यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीमैत्री बनाएको छ । अध्यागमन विभागले कार्यान्वयनमा ल्याएको नयाँ अध्यागमन पत्रमा महिला, पुरुषका साथै समलिंगी तेस्रोलिंगी समुदायका लागि अन्यको व्यवस्था गरिएको हो । समलिंगी तेस्रोलिंगीले अव विमानस्थलको अध्यागमन पत्रमा निर्धक्क अन्य उल्लेख गर्न पाउनेछन् ।

केही दिनअघि मात्रै विश्व प्रसिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयनमा परेका समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तले अध्यागमन पत्रमा अन्य उल्लेख गरेका थिए । मेरो राहदानी पुरुषको छ, तर महिले मेरो पहिचान अनुसार अध्यागमन पत्रको लिंगको महलमा उल्लेख अन्यमा चिन्ह लगाए पन्तले भने, यो सम्पूर्ण समलिंगी तेस्रोलिंगीको खुशीको कुरा हो ।ministery

पन्तले विमानस्थल हुँदै आउने जाने गर्दा भर्नुपर्ने अध्यागमन पत्रमा महिला पुरुष सहित अन्य पनि उल्लेख हुनु अधिकार प्राप्तिको क्षेत्रमा महत्वपूर्ण कदम भएको बताए । यसअघिका अध्यागमन पत्रमा महिला पुरुष मात्रै उल्लेख हुने गरेकोमा अहिले अन्य उल्लेख गरिएकोमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदायले खुसी व्यक्त गरेको छ ।

समाचार शेयर गर्नुहोस्
644
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.