समलिंगी तेस्रोलिंगीद्धारा रक्तदान

समलिंगी तेस्रोलिंगीद्धारा रक्तदान

  • मंगलबार, जेष्ठ ६ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.10057138408require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10197203952include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

सुमित पौडेल /रुपन्देही (पहिचान) जेठ ६ – समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा नील हिरा समाज भैरहवाले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा १३ जना यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले रक्तदान गरेका छन् । समलिंगी तेस्रोलिंगीले समाजमा रहेका महिला पुरुष जस्तै आफूहरुले पनि मानविय सहयोग गर्न सकिने उदाहरण रक्तदान गरेर प्रस्तुत गरेका छन् ।

रक्तदान कार्यक्रम मार्फत नील हिरा समाज भैरहवाले परिवार, समाज, राजनीतिक दल तथा राज्यबाट समलिंगी तेस्रोलिंगी माथि हुँदै आएको भेदभाव, लाञ्छाना तथा लैगिंक हिंसा र बिभेद अन्त्य गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिएको छ । समलिंगी तेस्रोलिंगी समुदायले भोग्नु परेका मानबअधिकार हन्नका घटना कम गर्न संचारकर्मीको भूमिका महत्वपूर्ण हुने तेस्रोलिंगी आनिक रानाले बताइन् ।

रक्तदान कार्यक्रममा तेस्रोलिंगी रानाले संविधानसभामा अहिलेसम्म आफ्नो समूदायको प्रतिनिधित्व नभएकोमा दुख व्यक्त गरिन् । रानाले दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा अनिवार्य समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व हुनुपर्ने माग गरिन् । रानालाई राष्ट्रिय जनमुक्ती पार्टीले समानुपातिक तर्फको बन्द सूचिमा राखेपनि संविधानसभामा प्रतिनिधित्व गराएन ।

नील हिरा समाजकी रुपन्देही कार्यालयकी प्रमूख मनिला न्यौपाने यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियान अगाडि बढाउन संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताइन । नेपाली समाजमा समलिंगी तेस्रोलिंगीलाई सहर्ष रुपमा स्वीकार्न नसकिएको बताउँदै न्यौपानेले समाजमा रहेको पूरातनवादी सोच अन्त्य हुनुपर्नेमा जोड दिइन । उनले सरकारले समलिंगी तेस्रोलिंगीका पक्षमा उचित नीति नियम बनाउन नसक्नु दुखद भएको बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading