समलिंगी तेस्रोलिंगीको मुद्धामा निशुल्क वकालत गर्ने नेपाल वारको घोषणा

समलिंगी तेस्रोलिंगीको मुद्धामा निशुल्क वकालत गर्ने नेपाल वारको घोषणा

  • शनिबार, जेष्ठ १० २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0008727832{main}( ).../index.php:0
20.0009730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.10367144392require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10547209936include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काभ्रे(पहिचान) जेठ १०- नेपाल वार एसोसिएसनले समलिंगी तेस्रोलिंगी मैत्री कानुन बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । प्रस्तावित फौजदारी तथा देवानी कानुनबारे नेपाल वार एसोसिएसन र नील हिरा समाजबीच काभ्रेको धुलिखेलमा भएको छलफलमा वार अध्यक्ष हरिकृष्ण कार्कीले समलिंगी तेस्रोलिंगी मैत्री कानुन बनाउने काममा आफूहरुको सहयोग रहने प्रतिवद्धता जनाउनु भएको हो । अध्यक्ष कार्कीले नेपाल भित्र बस्ने सबै नागरिक कानुनको समान संरक्षणमा रहेको बताउँदै कोही पनि विभेदमा पर्न नहुने बताउनु भयो । कानुन बन्छन् तर कार्यान्वयन हुँदैनन् वार अध्यक्ष कार्कीले भन्नुभयो, व्यवहारिक रुपमा लागू गर्न हिच्किचाहट भइरहेको छ । उहाँले समलिंगी तेस्रोलिंगी मैत्री कानुन नबनेसम्म समतामुलक समाज निर्माण नहुने बताउनु भयो ।

स्वतन्त्रता पूर्वक जीवनको छनौट आफूले गर्न नपाउँदा केही परिवार ध्वस्त भएका छन् वार अध्यक्ष कार्कीले भन्नुभयो, आफ्नो छनोट अनुसार हरेक व्यवहार गर्न पाउनु पर्छ । उहाँले समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजलाई अधिकारको माग सशक्त रुपमा राख्न सुझाव पनि दिनुभयो । वारका महासचिव सुनिल पोखरेलले समलिंगी तेस्रोलिंगी माथि हुने विभेदका घटनामा नेपाल वारले निशुल्क वकालत गर्ने घोषणा गर्नुभयो । महासचिव पोखरेलले समलिंगी तेस्रोलिंगी माथि हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नेपाल वार पछि नहट्ने प्रतिवद्धता जनाउनु भयो । वारका कोषाध्यक्ष मोहन इङनामले समलिंगी तेस्रोलिंगीको पहिचानको लडाईमा ऐक्यवद्धता जनाउने बताउनु भयो । नेपाल वार काभ्रेका अध्यक्ष रमेश हुँमागाईले समलिंगी तेस्रोलिंगीलाई महिला पुरुष भन्दा फरक ढंगले हेर्ने सोच अन्त्यका लागि सहयोग गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल वार एसोसिएसनको तालिम समितिका संयोजक हरि फुँयालले मानव मानवबीच हुने विभेद अन्त्यका लागि सधै साथमा रहिरहने बताउनु भयो । फुँयालले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियान यहाँसम्म ल्याउन सफल हुनु भएकोमा सुनिलवावु पन्तलाई धन्यवाद दिनु भयो । पन्तको खुल्ला पत्रका कारण कौन वनेगा करोडपतिमा समलिंगी तेस्रोलिंगीलाई पनि सहभागी गराउन अमिताव बच्चन र सोनी टिभी राजी भएको वताउँदै संयोजक फुँयालले भन्नुभयो, कौन वनेगा करोडपतिमा जाने सौभाग्य सुनिलवावु पन्तलाई मिलोस । फुँयालले विश्व प्रसिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयनमा परेको पन्तलाई बधाई दिदै समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियान सफलतामा पुर्याउन पन्तको झुझारुपन सधै आवश्यक पर्ने बताउनु भयो ।IMG_0628

कार्यक्रममा गृहमन्त्रालयका उपसचिव सुर्यवंश कँडेल र संसद सचिवालयका नेत्रवहादुर कार्कीले समलिंगी तेस्रोलिंगी माथि हुने विभेद अन्त्य गर्न आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कमी नहुने प्रतिवद्धता जनाउनु भयो । समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले अधिकार प्राप्तीको लडाई अझै बाँकी रहेको बताउनु भयो । पन्तले समाजको पूरै धारणा परिवर्तन गर्न नेपाल वारले जनाएको प्रतिवद्धता प्रति आभार व्यक्त गर्नुभयो । समलिंगी तेस्रोलिंगीबारे रहेका धार्मिक, सास्कृति मान्यताबारे जानकारी दिदै पन्तले कुल जनसंख्याका १० प्रतिशत मानिस फरक यौनिक झुकाव भएका जन्मने गरेको बताउनु भयो ।IMG_0518

सोभियत संघ समलिंगी सम्वन्धबारे संविधानमा व्यवस्था गर्ने पहिलो राष्ट्र भएको बताउँदै पन्तले समाजले अपेक्षा गरे भन्दा फरक यौनिक झुकाव भएका व्यक्तिलाई अधिकारमा विभेद हुन नहुने बताउनु भयो । नील हिरा समाजकी कार्यवाहक कार्यकारी निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगी माथि विभेद हुने कानुनी व्यवस्था खारेज गर्नका लागि नेपाल वारको सहयोग महत्वपूर्ण हुने बताउनु भयो । ढकालले समलिंगी तेस्रोलिंगी मैत्री ऐन कानुन तर्जुमा गर्न सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । समलिंगी तेस्रोलिंगीमाथि हुने दमन शोषण र विभेद अन्त्य गर्दै संवैधानिक सुनिश्चिततामा जोड दिनुभयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading