नेता, वकिल र पत्रकारलाई खुलेर आउन पन्तको आग्रह

नेता, वकिल र पत्रकारलाई खुलेर आउन पन्तको आग्रह

  • सोमबार, जेष्ठ १२ २०७१

???????????????????????????????काभ्रे (पहिचान) जेठ १२-  समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियान उचाईमा पुर्याउन सबैको साथ चाहियो । ठमेलमा उभिने मात्रै अगाडि आउँदा अभियान उचाईमा पुग्न सकेन । पूर्वाग्रह छाडेर राजनीतिक दलका नेता, वकिल, पत्रकारलाई खुलेर आउन आव्हान गर्छु । समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले भने, हाम्रो समूदायमा राजनीतिक दलका नेता, वलिक र पत्रकार पनि छन् भन्न पाउँदा गर्व महसुस हुन्छ । ठमेलमा उभिनेले उठाउँदै आएको अधिकार प्राप्तीको अभियान उचाईमा पुग्छ पन्तले भने, आफ्नो यौनिक एवं लैगिंक पहिचान लुकाएर नबस्न म नेता, वकिल र पत्रकारलाई विनम्र आग्रह गर्छु ।

सुनिल बाबु पन्तले त्यसो भनिरहदा अधिवतmा ज्वोतीराम फुयालले समलिंगी तेस्रोलिंगीलाई खुलेर आउन आग्रह गरे । किन लुक्ने, खुल्ने मौका यही हो अधिवक्ताले भरिएको कार्यक्रम स्थलमा फुयालले मनमा लागेको कुरा निर्धक्क राखेर अगाडि आउन आग्रह गरे । नेपाल वार एसोसिएसन र नील हिरा समाजले काभ्रेको धुलिखेलमा गरेको प्रस्तावित फौजदारी तथा देवानी कानुनमा समलिंगी तेस्रोलिंगीमाथि हुने विभेद अन्त्यबारे गरेको छलफलमा फुँयालले जो देखे पनि तेस्रोलिंगी जस्तो लाग्न थालेको बताए । समलिंगी तेस्रोलिंगीलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउनु पर्छ फुयालले भने, समलिंगी तेस्रोलिंगीलाई अन्याय भएको रहेछ, अव अन्यायमा पर्न दिनु हुँदैन ।

नेपाल वार एसोसिएसन कानुन प्रशिक्षण तथा तालिम समितिका सहसंयोजक राजेश्वर अधिकारीले पनि समलिंगी तेस्रोलिंगी माथि गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । अधिकारीले असमान कानुन नरहने अवस्थाका लागि नील हिरा समाजसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाए । छलफल कार्यक्रममा सहभागी अधिवक्ताहरुले समलिंगी तेस्रोलिंगी माथि हुँदै आएको विभेद अवका दिनमा अन्त्य हुने प्रतिवद्धता जनाए । लिंगको आधारमा कसैले विभेद गर्छ भने त्यो भन्दा अर्को विडम्वना केही हुँदैन छलफलमा सहभागी अधिवक्ताहरुले भने, प्रस्तावित फौजदारी तथा देवानी कानुनका दफाहरुमा समलिंगी तेस्रोलिंगीबारे उल्लेख गर्न कानुन व्यवसायीहरुले दवाव दिनुपर्छ । अधिवक्ताहरुले आफूमा भएको क्षमता लुकाएर नबस्न सुझाव समेत दिए ।

एचआइभी संक्रमित महिलाको राष्ट्रिय महासंघकी मथुरा कुँवरले समाजमा रहेका सबै मानवलाई समान रुपमा नहेर्नु विडम्वना भएको बताइन । एचआइभी संक्रमितलाई समाजका अरु व्यक्तिले अपराधीको रुपमा हेर्ने गरेको वताउँदै कुँवरले यस्ता गलत धारणा हटाउन सबैको सहयोग आवश्यक पर्ने बताइन ।

नील हिरा समाजकी कार्यवाहक कार्यकारी निर्देशक मनिषा ढकालले शुरु शुरुमा आफै खुलेर आउन डराएको बताइन । सन् २००१ म सुनिलवावु पन्तले नील हिरा समाज स्थापना गर्दा आफूहरु लुकेर बसेको बताउँदै ढकालले अहिले त्यो अवस्था नरहेको बताइन । यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी अध्यक्ष समेत रहेकी ढकालले विभेदकारी कानुनका कारण आफू जस्ता फरक यौनिकता भएका धेरै लुकेर बस्न बाध्य भइरहेको बताइन् । सबैलाई समान अधिकार हुनुपर्छ ढकालले प्रश्न गरिन, महिला पुरुष मात्रै नागरिक हुन् ? के समलिंगी तेस्रोलिंगी नागरिक होइनन ? समलिंगी तेस्रोलिंगी हुनुको पीडा एकातिर छ अर्कोतिर एचआइभीको संक्रमण पनि समलिंगी तेस्रोलिंगीमा धेरै छ ढकालले भनिन, कहिलेसम्म यो राज्यले मानवोचित व्यवहार प्रदर्शन गर्छ होला ? उनले समलिंगी तेस्रोलिंगी माथि विभेद हुने कानुनी व्यवस्था खारेज गर्ने अभियानमा सघाउन देशभरका कानुन व्यवसायीलाई आग्रह गरिन ।IMG_0623

नेपाल वार एसोसिएसन कानुन प्रशिक्षण तथा तालिम समितिका संयोजक हरि फुयालले वहुलवादमा विश्वास गर्ने वार एसोसिएसनले मानव मानवबीच विभेद हुन नदिने प्रतिवद्धता जनाए । फुयालले नील हिरा समाजको विभेदकारी कानुन खारेज गर्ने अभियानमा साथै रहने बताए । समलिंगी तेस्रोलिंगीको सामाजिक र कानुनी पक्षका बारेमा जान्ने प्रयास भएको बताउँदै फुयालले समलिंगी तेस्रोलिंगीको मुद्धा अप्ठ्यारो नमानी लिने क्षमताको विकास भएको बताए ।IMG_0566

अधिवक्ता प्रेम वहादुर थापाले समलिंगी तेस्रोलिंगी माथि राज्य निर्दयी रुपमा प्रस्तुत हुनु लाजमर्दो विषय भएको बताए । अधिवक्ता थापाले प्रस्तावित फौजदारी तथा देवानी संहितामा समलिंगी तेस्रोलिंगीबारे केही उल्लेख नहुनु विडम्वना भएको बताए । विवाहबारे महिला र पुरुषबीच मात्रै हुने उल्लेख छ थापाले भने, सर्वोच्च अदालतले २०६४ पुष ६ गते समलिंगी विवाहबारे अध्ययन गर्न समिति गठन आदेश दिइसकेको छ, किन राज्य थाहा नपाएजस्तो गरेर बस्छ ? अधिवक्ता थापाले एक दुई जना कानुन व्यवसायीको दवाव राज्यले नसुन्ने भन्दै सबै कानुन व्यवसायी मानव मानवबीच हुने विभेद अन्त्य गर्न एक भएर लाग्नु पर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा सहभागीहरुलाई नील हिरा समाजका संस्थापक अध्यक्ष, समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले प्रमाणपत्र प्रदान गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading