ललितपुरमा दुई जना अन्तरलिंगीलाई अन्य उल्लेख गरेको नागरिकता

ललितपुरमा दुई जना अन्तरलिंगीलाई अन्य उल्लेख गरेको नागरिकता

  • शुक्रबार, जेष्ठ १६ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0008727832{main}( ).../index.php:0
20.0009730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.08967138528require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09087204072include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

ललितपुर (पहिचान) जेठ १६ -ललितपुर जिल्लामा पहिलो पटक अन्य उल्लेख गरेर दुई जना अन्तरलिंगी महिलाले पहिचान अनुसारको नागरिकता लिएका छन् । इमाडोल गाउँ विकास समितिका अन्तरलिंगी करुणा विष्ट र कुसुम विष्टले ललितपुर जिल्लामै पहिलो पटक अन्य उल्लेख गरेर पहिचान अनुसारको नागरिकता लिएका हुन् । पहिचान अनुसारको अन्य उल्लेख भएको नागरिकता लिएकी कुसुमले रेडियो कार्यक्रम पहिचानमा कुरा गर्दै आफूलाई धेरै खुशी लागेको बताइन । कुसुमका हजुरवुवाले अन्तरलिंगी दुई नातिनीलाई कुनै पनि विभेद हुन नदिन घरपरिवारबाट सक्दो सहयोग भइरहेको बताए । कुसुमले १३ बर्षमा प्रवेश गर्दा मात्रै आफ्नो यौनिकताबारे थाहा पाएको वताइन ।
अन्तरलिंगीबारे नबुझेको कुसुम र करुणाको परिवारले शुरुमा धेरै चिन्ता गरेको थियो । तर पछि नातिनीको जस्तै यौनिक तथा लैगिंक पहिचान भएकाहरुको अधिकार प्राप्तीमा काम गरिरहेको नील हिरा समाज छ भन्ने थाहा पाएपछि खुशी लागेको परिवारले वताएको छ । शुरुमा हजुरआमालेनै नातिनीलाई नील हिरा समाजमा ल्याउनुभयो, करुणा र कुसुमका हजुरवुवाले कार्यक्रम पहिचानमा कुरागर्दै भने, समाजले परामर्स दिएपछि हामी सबै खुशी भयौ । नील हिरा समाजको परामर्सकै कारण दुई नातिनीलाई अन्य उल्लेख गरेर नागरिकता लिन सहयोग गरेको अन्तरलिंगी विष्टको परिवारले बताएको छ । Nagarikata

नागरिकता लिन कुनै कठिनाई नपरेको र अरुलाई पनि पहिचान अनुसारको नागरिकता लिनका लागि डराउन नहुने विष्ट परिवारको सुझाव छ । कुसुमले एसएलसी दिएकी छिन भने करुणाले भरखरै कक्षा १२ को परिक्षा सकेकी छिन् ।
करुणा र कुसुम दुवैको इच्छा पूरा गरिदिने परिवारको प्रतिवद्धताले दुवै अन्तरलिंगीलाई थप हौसाएको विष्ट परिवारको भनाई छ । करुणा र कुसुमको परिवारले समलिंगी तेस्रोलिंगी, अन्तरलिंगी सन्तान भएकै कारण हेला र दुरव्यवहार नगर्न सबै परिवारलाई आग्रह पनि गरेको छ । आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि परिवारको साथ अनिवार्य हुन्छ विष्ट परिवार भन्छ, नील हिरा समाजले पनि सहयोग गर्ने आशा राखेका छौ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading